एमालेलाई भोट माग्दै घर-दैलोमा राजेश हमाल


उनले यस्तो प्रश्न खेप्दै आएको धेरै भइसक्यो। फिल्मवृत्तमा उनी कांग्रेसनिकट रहेको र राजनीतिमा लागे कांग्रेसबाटै उनको प्रवेश हुने चर्चा चल्दै आएको थियो। त्यसो त, उनले भने आफू झट्टै राजनीतिमा नलाग्ने प्रस्ट्याउँदै आएका पनि हुन्।
तर, नजिकिँदै गरेको स्थानीय निकायको निर्वाचनका लागि भने उनी एमाले उमेदवारलाई भोट माग्न घरदैलो चाहारिरहेका छन्। काठमाडौं महानगरपालिका वडा नं. २६ मा एमालेका तर्फबाट वडाध्यक्षका उमेदवार देवेन्द्र रिमाललाई उनले भोट माग्दै हिँडेका हुन्। शनिबार उनले उमेदवार र कार्यकर्तासँगै मतदाताको घरघर पुगेर भोट मागे। बताइएअनुुसार रिमाल हमालका छिमेकी हुन्।