३१६ जनप्रतिनिधि निर्विरोध निर्वाचित

२४ बैशाख, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका लागि अहिलेसम्म ३ सय १६ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएको जनाएको छ । त्यसमध्ये एमालेका १४२ जना छन् ।

केही हिमाली जिल्लामा गाउँपालिका प्रमुखदेखि वडा सदस्यसम्म निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित जनप्रतिनिधिबारे फरक-फरक तथ्यांकका आधारमा समाचार संप्रेषण भइरहेको बेला आयोगले आइतबार पत्रकार सम्मेलन गर्दै एकीन तथ्यांक सार्वजनिक गरेको हो ।

निर्वाचन आयोगका अनुसार निर्विरोध निर्वाचित कुल ३ सय १६ जनप्रतिनिधिमध्ये एमालेका १ सय ४२, कांग्रेसका ९४, माओवादी केन्द्रका ३६ र स्वतन्त्र उम्मेदवार ३२ जना छन् । नयाँ शक्ति एक ठाउँमा निर्विरोध भएको छ ।

यस्तै ५५ वटा वडा अध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् । त्यसमध्ये २ जना महिला छन् । खुल्ला सदस्य तर्फ १ सय १५ जना निर्वाचित भएका छन् । त्यसमध्ये ५ महिला छन् ।


Facebook Comment


No ads found for this position