हवाई उडान सुरु भएपछि

प्रदीपचन्द्र राई 

भोजपुर : जिल्लाको एकमात्र विमानस्थलमा शनिबार विहानैदेखि हवाईजहाज हेर्ने मानिसको लर्को थियो । विहान ८ बजेतिर लठ्ठीको सहारा लिएर एक जना स्थानीय ७०÷७१ वर्षकी बुढी आमै पनि हवाईजहाज हेर्न एयरपोर्टबाहिर पर्खालमा बसेर टुलुटुलु हेरिरहेकी थिइन् । करिब आधा घन्टाको पखाईपछि काठमाडौंबाट सिधै भोजपुरका लागि उडेको नेपाल वायु सेवा निगमको हवाईजहाज मानेभन्ज्याङको शिर हुँदै गुँरासे डाँडाबाट आएर बस्यो । पहिलो चोटी भोजपुरको पक्की, कालो विमानस्थलमा हवाईजहाज अवतरण गर्दा पर्खाईमा बसिरहेका सम्पूर्ण भोजपुरबासी एक टकले हेरिरहेका थिए । यतिका समयपछि भोजपुरमा प्लेन आउँदा भोजपुरेको अनुहार खुसीले गदगद देखिन्थ्यो ।

झन्डै ६ महिनाको समयावधिपछि भोजपुर विमानस्थलमा हवाई उडान सुरु भएको छ । विमानस्थलको पूर्ण रूपमा कालोपत्रे भएलगत्तै शनिबारबाट उडान सुरु भएको हो । कच्चा पदार्थ पर्याप्त रहे पनि ती कच्चा पदार्थ प्रशोधन गर्ने स्रोतसाधनको अभाव हुँदा कालोपत्रे गर्ने काममा ढिलाइ भएको थियो ।
समुन्द्री सतहदेखि करिब १२ सय मिटर उचाइमा रहेको धावनमार्गको लम्बाइ करिब पाँच सय ४५ मिटर र चौडाइ करिब २० मिटर छ । अम्लेखगन्जबाहेक काठमाडौं, वीरगन्जबाट पनि उक्त कच्चा पदार्थ ल्याइने गरिए पनि स्थानीयस्तरमा उपलब्ध इन्धन अभावले निर्माणमा ढिलाइ भएको इन्जिनियर रामहरि महर्जनले बताउनुभयो ।

करिब ६ महिनाको अन्तरालमा विमानस्थल सञ्चालनमा आएपछि सम्पूर्ण भोजपुरबासी खुसी छन् । वर्षायाम नजिकिँदै गर्दा विमानस्थलको काम ९९ सय प्रतिशत सकिएकाले उडान भर्ने भएपछि यहाँका जनता हर्षित भएका हुन् । आपतकालीन स्थितिमा पनि भनेकै समयमा यात्रा गर्न सक्ने भएपछि हवाई यात्राले आफूलाई सुविधाको प्रत्याभूति गराएको भोजपुर नगरपालिका डाँडागाउँ निबासी निर्मला शेर्पाले बताउनुभयो । ‘प्लेन चल्ने भएपछि हामीले अब वर्षाको हिलाम्मे सडकमा हप्ताहप्ता लगाएर हिँड्नु नपर्ने भएको छ’, उहाँले भन्नुभयो ।

करिब ६ महिनाको अन्तरालमा विमानस्थल सञ्चालनमा आएपछि सम्पूर्ण भोजपुरबासी खुसी छन् । वर्षायाम नजिकिँदै गर्दा विमानस्थलको काम ९९ सय प्रतिशत सकिएकाले उडान भर्ने भएपछि यहाँका जनता हर्षित भएका हुन् । आपतकालीन स्थितिमा पनि भनेकै समयमा यात्रा गर्न सक्ने भएपछि हवाई यात्राले आफूलाई सुविधाको प्रत्याभूति गराएको भोजपुर नगरपालिका डाँडागाउँ निबासी निर्मला शेर्पाले बताउनुभयो । ‘प्लेन चल्ने भएपछि हामीले अब वर्षाको हिलाम्मे सडकमा हप्ताहप्ता लगाएर हिँड्नु नपर्ने भएको छ’, उहाँले भन्नुभयो ।

हवाई उडानको दिर्घकालीन आशा बोकेका भोजपुरबासीको प्रतिक्षाको घडी समाप्त भएको छ । विमानस्थल निर्माणमा ढिलाइ भए पनि हिउँदको समयमा नै काम सम्पन्न गरिएकाले यात्रुले कुनै सास्ती खेप्नु नपर्ने इन्जिनियर महर्जनले बताउनुभयो । ‘सुरुमा निर्माणको काम गर्न हामीलाई स्थानीय इन्धनका कच्चापदार्थको समस्या खट्केको थियो’, उहाँले भन्नुभयो, ‘कसरी ती साधन जुटाउने भनेर हामीलाई समस्या थियो, लगातारको प्रयासले भोजपुरे जनताको प्रतिक्षाको घडी समाप्त भएको छ ।’

०३६ सालदेखि उडान सुरु भएपछि भोजपुरबासीले सुविधा लिए पनि धावनमार्ग कच्ची हँुदा वर्षातको समयमा हवाईजहाजलाई अवतरण गर्न समस्या हुँदै आएको थियो । लामो समयको प्रतिक्षापछि हवाईजहाज यात्रा गर्न पाउने भएपछि आफू खुसी भएको प्लेन हेर्न आएका अर्का एक स्थानीय सचिन उदासले बताउनुभयो । अब काठामाडौं, विराटनगर सजिलै यात्रा गर्न सकिने उहाँले बताउनुभयो ।

भोजपुर विमानस्थलमा प्लेन चल्न थालेपछि जिल्ला अस्पतालबाट रिफर गरिएका विरामीलाई गाडीबाटै धरान, विराटनगर, काठमाडौ लैजानुुपर्ने समस्या हटेको छ । हवाई उडान सञ्चालनमा आउँदा विराटनगर, काठमाडौं जान यात्रुलाई धेरै सहज हुने स्थानीय तुलसा श्रेष्ठले बताउनुभयो । ‘अब हामीलाई गम्भिर प्रकृतिका विरामीलाई विराटनगर, काठमाडौं लैजान धेरै सहज हुन्छ, महिनौ, हप्ता लगाएर कच्ची बाटोमा बसमा यात्रा गर्नुपर्ने समस्याबाट टाढिएका छौं’, उहाँले भन्नुभयो, ‘अब हवाईजहाज उड्ने भएपछि सबैमा खुसी छाएको छ ।’


Facebook Comment


No ads found for this position