गुण्डा नाइके दीपक मनाङले ठमेल क्षेत्रबाट पक्राउ

काठमाडौं , चर्चित गुण्डा नाइके दीपक मनाङले आइतबार साँझ ठमेल क्षेत्रबाट पक्राउ परेका छन् । वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले तयार पारेको लिस्ट अनुसार मनाङ्गे पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मनाङ्गेसहितको केही युवालाई पक्राउ गरेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले अन्नपूर्ण अनलाइनलाई जानकारी दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मनाङ जिल्लाका अध्यक्ष समेत रहेका मनाङ्गेलाई चुनावको सुरक्षालाई केन्द्रित गरेर पक्राउ गरिएको एसएसपी जोशीको भनाइ छ ।

मनाङ्गेलाई प्रहरीले ठमेल एरियामा बसिरहेको अवस्थामा पक्राउ गरेको हो । चुनावी सुरक्षालाई प्राथमिकतामा राखेर प्रहरीले पक्राउ गर्नेको लिस्ट नै तयार पारेको छ ।


Facebook Comment


No ads found for this position