अबैध रुपमा सगरमाथा आरोहण गर्न खोज्ने दक्षिणी अफ्रिकी नागरिक नियन्त्रणमा

२५ वैशाख काठमाडौं । शनिबार अबैध रुपमा हिमाल चढिरहेका दक्षिणी अफ्रिकी नागरिक रायन सिंह डेभिलाई पर्यटन विभागले नियन्त्रणमा लिएको छ । सगरमाथा ट्रेकिङ गर्ने अनुमति लिएका डेभिले अबैध रुपमा सगरमाथा आरोहण गर्ने प्रयास गर्दा बेस क्याम्पका पक्राउ परेका छन् ।

बेस क्याम्पमा आरोहणका अनुमति नै नलिएका ब्यक्ति देखिएपछि पर्यटन विभागबाट खटिएका सम्पर्क अधिकृतहरुले उनलाई सोधखोज गरेका थिए ।पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराई भन्छन् ‘अहिले हामीले उनको पासपोर्ट जफत गरेर बेस क्याम्पबाट काठमाडौं ल्याउन लागेका छौं ।’

पर्यटन विभागले उनलाई कारबाही गर्ने तयारी गरेको छ । अब नेपाल आउनै नपाउने गरी नेपाल सरकारले कारबाही गर्न सक्छ । तर यस्तो निर्णय मन्त्रिपरिषदबाट गराउनुपर्छ ।

भट्टराइले भने ‘देशमा आउनै नमिल्ने गरी कारबाही गर्ने तयारी छ, यो प्रस्ताव क्याबिनेट पठाउँछौ ।’


Facebook Comment


No ads found for this position