१ जेठबाट मतगणना गर्ने आयोगको तयारी, एमाले असहमत

२६ वैशाख, काठमाडौं । निर्वाचन आयोगले ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनको मतगणना १ जेठबाट सुरु गर्ने तयारी गरेको छ । मतदान सम्पन्न भएको दिन बेलुकासम्म जिल्ला निर्वाचन कार्यालयमा मतमेटिका ल्याई १ जेठबाट गणना सुरु गर्ने आयोगले जनाएको छ ।दुर्गम क्षेत्रका मतपेटिका आउन समय लाग्ने भएकाले हेलिकोप्टरमार्फत छिटोभन्दा छिटो ल्याएर गणना गर्ने तयारी भइरहेको छ ।

स्थानीय तह निर्वाचन ऐनमा तत्काल मनगणना गर्नुपर्ने व्यवस्था भएकाले १ जेठबाटै गणना सुरु गरिने आयोगका सचिव गोपीनाथ मैनालीले बताए ।उनका अनुसार मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकेपछि कार्यतालिकमा प्रकाशित गरी गणना सुरु गर्ने गरी काम भइारहेको छ ।

जेठ १ बाट मतगणना गर्ने विषयमा अन्य दल सहमत भए पनि एमालेले भने अमान्य हुने जनाएको छ । मतदान सकिएलगत्तैको गणनाले निष्पक्षतामाथि प्रश्न उठ्ने एमालेको तर्क छ ।


Facebook Comment


No ads found for this position