राप्रपा उम्मेदवारको गाडीमा आगजनी

२६ वैशाख, नवलपरासी । चुनावी प्रचारप्रसार प्रयोग गरिएको टाटा सुमो अज्ञात समूहले मंगलबार बिहान कावासोतीमा आगजनी गरेको छ ।

इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले शंकर ढकालको बा १३ च ७१५० गाडीमा आगजनी भएको जानकारी दिए । घरमा रोकी राखिएको गाडीमा आगजनी भएको हो ।

गाडी कावासोती १४ का राप्रपा वडाध्यक्ष उम्मेदवार लालप्रसाद बरालले प्रयोग गर्दै आइरहेका थिए ।

आगजनी गर्नेको पहिचान हुन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रामकुमार श्रेष्ठ


Facebook Comment


No ads found for this position