को-को भए निर्विरोध निर्वाचित (सूचीसहित)

काठमाडौं: पहिलो चरणको स्थानिय तहको निर्वाचन हुन छ दिन बाँकी हुँदा देशका विभिन्न ठाउँमा वडा अध्यक्ष सहित तीन सय १६ पदमा र्निविरोध निर्वाचित भएका छन्।मनाङ नारफु गाउपालिकाको प्रमुखमा नेपाली कांग्रेसका मिङमार छिरिङ लामा विजयी हुनु भएको छ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार गाउपालिका प्रमुखमा दुई र गाउँपालिका उपप्रमुखमा दुई, वडा अध्यक्षमा दुई महिला सहित ५४ सदस्य, खुल्ला तर्फ महिला पाँचसहित एक सय १६ स्थानमा विजयी भएका छन्। महिला सदस्य पदमा ६३ स्थानमा विजयी भएका छन्। त्यस्तै दलित महिला सदस्य ७७ स्थानमा विजयी बनेका छन्।

जसमा नेपाली कांग्रेसबाट ९४ स्थानमा, एमालेले एक सय ४२ स्थानमा, माओवादी केन्द्रले ३६ स्थानमा, नेमकिपा दुई, राप्रपा पाँच, नयाँ शक्ति एक, स्वतन्त्र ३२, परिवार दल एक र खुल्न नसकेको तीन स्थानमा छन्। वडा अध्यक्षमा २० स्थानमा विजयी भएको छ। त्यस्त वडा अध्यक्षमै स्वतन्त्रबाट छ, एमाले र माओवादी केन्द्रले दुई/दुई स्थानमा विजयी भएका हुन्।

वडा अध्यक्ष हात पार्ने भाग्यमानीहरू
वडा अध्यक्षमा विजयी हुनेमा स्वतन्त्र उम्मेदवारका तर्फबाट मनाङ नेस्याङ ३ कृष्ण लामा, मनाङ नेस्याङ रिन्जेन दोर्जे गुरूङ, मनाङ नारफु ४ छिरिङ डेन्डो घले, मनाङ नारफु ५ बाट सोनाम तेजे लामा, मनाङ चामे १ बाट आशिप गुरूङ, मनाङ चामे २ बाट भीम बहादुर गुरूङ हुनु हुन्छ।

त्यस्तै मनाङ नारफुबाट १ नेपाली कांग्रेसबाट रितार छिपेल लामा, नारफु ३ बाट नेपाली कांग्रेसका साङगी धावा लामा विजयी हुनु भएको छ। नेपाली कांग्रेस पार्टीबाट मनाङ नाशोङ ६ मा ङिमा ओङग्याल पुनेल, मनाङ नाशंङ ७ धन बहादुर गुरूङ, मनाङ नाशोङ ८ छुपजंग गुरूङ विजयी बन्नु भएको छ।

मुस्ताङको दालोमे गाउँपालिकाका वडाहरूमा नेकपा एमालेबाट धुन्तु ठकुरी र नेपाली कांग्रेसबाट सिम्तेन दवा गुरूङ विजयी हुनु भएको छ। मुस्ताकै दालोमे गाउँपालिकामा नेपाली कांङग्रेसका छेटुक गुरूङ, मुस्ताङको घरपझीङ गाउपालिकामा नेपाली कांग्रेस पार्टीबाटै याम प्रसाद थकाली र विरेन्द्र थकाली वडा अध्यक्ष पदमा विजयी हुनु भएको छ। त्यस्तै मुस्ताङ घरपझोङ गाउपालिकामा नेकपा एमालेका आइत प्रसाद थकाली, मेहन्द्र प्रसाद थकाली विजयी हुनु भएको छ।

म्यादी रगुगंगागा गाउपालिका ४ मा नेपाली कांग्रेसबाट रूक बहादुर गर्जुजा , गोरखा चुमनुब्री गाउपालिका १ बाट नेपाली कांग्रेसका बिर बहादुर लामा, गोखा चुमनुब्री गाउँपालिका २ बाट नेपाली कांग्रेसका पेम्पा रेटा निर्वाचित हुनु भएको छ। त्यस्तै चुमनुब्री गाउपालिका ५ बाट नेपाली कांग्रेसका सोनाम ध्याल्जेन गुरूङ र्निविरोध निर्वाचित हुनु भएको छ।

त्यस्तै गोखा चुमनुब्री गाउपालिका ५ मा नेपाली कांग्रेसबाट सोनाम ध्याल्जेन गुरूङ विजयी हुनु भएको छ। बाग्लुङ जिल्लाको तमान खोला गाउपालिकामा नेपाली कांग्रेसका कुल बहादुर छन्त्याल र्निविरोध निर्वाचित हुनु भएको छ।

कालिकोट पताला गाउपालिका ४ मा नेकपा माओवादी केन्द्रबाट ऐन राज महतरा विजयी हुनु भएको छ। त्यस्तै मुगुकै छायानाथ रारा नपा बडा नं ९ मा नेकपा माओवादी केन्द्रका मणिन्द्र रोकाया विजयी हुनु भएको छ। मुगु जिल्लाकै मुगुम कार्मारोग गाउँपालिकामा नेपाली कांग्रेसबाट कर्मा फन्जोक तामाङ विजयी हुनु भएको छ। एक जना मात्रै उम्मेदवार रहेकाले उनी र्निविरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।


Facebook Comment


No ads found for this position