निर्वाचन आयोगले हदैसम्मको कारवाही किन नगर्ने भनी माओवादी सांसद सितालाई स्पष्टिकरण साेध्याे

२६ वैशाख, काठमाडौं । निर्वाचन आयोगले फेसबुकमा गलत सूचना लेख्ने माओवादी केन्द्रकी सांसद सिता नेपालीलाई स्पष्टिकरण सोधेको छ । उनी माओवादी केन्द्रकी सचेतक हुन् ।

नेपालीले आयोगका प्रवक्ताको भनाइ भन्दै आफ्नो फेसबुकको स्टाटसमा गलत तथ्यांक राखेको भन्दै आयोगले स्पष्टिकरण सोधेको हो । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्ने विषयमा हदैसम्मको कारवाही किन नगर्ने भनी २४ घण्टाभित्र आधार प्रमाणसहित स्पष्ट विवरण पेश गर्न निर्देशन दिएको आयोगले जनाएको छ ।

नेपालीले निर्वाचन आयोगका प्रवक्ताको हवलाला दिंदै माओवादी केन्द्र–१४५, कांग्रेस–१३५, एमाले–२५, राप्रपा–२, नयाँ शक्ति–१ भनी फेसबुकमा गलत तथ्यांक राखेकी थिइन् ।

यसैबीच निर्वाचन आयोगले धादिङ जिल्लाको थाक्रे गाउँपालिकाका एमालेका अध्यक्षका उम्मेदवार रामकुमार आचार्य र उपाध्यक्षका उम्मेदवारसमेतलाई निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ ।

उनीहरुले वैशाख २५ गतेका दिन तीन ट्रक प्रचारक सहितको स्कारपियो गाडी, ब्यानर एवं दल र निर्वाचन चिन्ह सहितको टि–सर्ट सहित निर्वाचन आचार संहिताविपरीत मोटर साइकल र्‍याली निकालेका थिए ।

 


Facebook Comment


No ads found for this position