रुकुममा हवाई फायर

रुकुमको सानीभेरी गाउँपालिका १ चाईना बगरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच मंगलबार झडप भएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायर गरेको छ ।

चुनावको तयारी सुरु भएपछि जिल्लामा प्रहरीले झडप नियन्त्रणमा लिन पहिलो पटक हवाई फायर गर्नु परेको हो । दुवै तर्फ ठुलो संख्यामा कार्यकर्ताहरु रहेका कारण ठुलो झडप हुन सक्ने भन्दै समयमै झडप नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झडपमा परी दुवै तर्फका केही कार्यकर्ता सामान्य घाईते भएको बताईएको छ । माओवादीका ४ जना र कांग्रेसका २ जनालाई सामान्य चोट लागेको छ । चुनावी कार्यक्रमका लागि पुर्तिमकाँडाको पक्रईंया जान लागेका आफ्ना कार्यकर्तालाई वाईसिएलले चाईनाबगरमा रोक्न खोजपछि झडपको अवस्था सृजना भएको नेपाली कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार गोरखप्रसाद चन्दले दाबी गरे । पूर्व निर्धारित कार्यक्रममा जान खोज्दा अवरोध गरेर माओवादीले झडपको अवस्था सृजना गरेको उनले आरोप लगाए । ‘माओवादीकै कार्यक्रमका कारण २, ३ दिन हामीले कार्यक्रम स्थगित ग¥यौँ’ उनले भने–‘मंगलबार पनि स्थानीय प्रशासनलाई जानकारी गराएर कार्यक्रम स्थलमा जान खोज्दा वाईसिएलले अवरोध गरे ।’ माओवादीले भने आफ्नो कार्यक्रम भैरहेको स्थानमा आई कांग्रेसका कार्यकर्ताले विथोल्न खोजेको दाबी गरेको छ । पार्टीका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार नरवहादुर पुन ताराले आफ्नो कार्यक्रम भैरहेको स्थानमा आएर कांग्रेसका कार्यकर्ताले घरी घरी निहुँ खोजेपछि झडपको अवस्था सृजना भएको बताए । ‘कार्यक्रम भैरहेको स्थलको दायाँ, बायाँ र तलमाथी आउँदै कांग्रेसका कार्यकर्ताले निहुँ खोजिरहे’ पुनले भने ‘उनीहरुको कुनै कार्यक्रम थिएन, हाम्रै कार्यक्रम विथोल्ने योजना हो ।’ झडपपछि माओवादीको कार्यक्रम विचमै बिथोलिएको थियो ।


Facebook Comment


No ads found for this position