निर्वाचन आयोगलाई ओलीको चेतावनी

२७ बैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि चुनावमा धा“दली गर्न खोजेको आरोप लगाएका छन् ।

चुनावलाई प्रभावित पार्न कांग्रेस–माओवादी सरकारले एकपछि अर्को निर्णय गरिरहेको भन्दै उनले निर्वाचन आयोगले त्यसलाई बदर गर्न सक्नु पर्ने बताए ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले चुनाव दुई चरणमा गर्ने निर्णयसँगै सरकारले धाँदलीको श्रृखला सुरु गरेको आरोप लगाए । ‘यतिबेला सरकार निर्णय गरेको ग¥यै छ,’ उनले अघि भने, ‘निर्वाचन आयोगले यस्ता निर्णयहरु आचार संहिता विपरित भएकाले बदर गरिएको छ भन्न सक्नुपर्छ । आयोगले निरिहता देखाउने होइन ।’

सत्तारुढ दलबाटै एमालेमाथि हमला भएको र, प्रहरीले निश्पक्ष भूमिका खेल्न नसकेको बताए । दोलखामा माओवादीको ‘आपराधिक गिरोह’ले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाउँदै उनले यो योजनाबद्ध भएको बताए ।

आफूहरु देशमा तनाव नबढाउँ र सहमतिबाट अघि बढौं भन्ने पक्षमा रहेको ओलीले बताए । ‘एमाले समझदारीको पक्षमा छौं । राष्ट्रिय एकताको पक्षमा छौं,’ उनले भने ।

ओलीले सम्बोधनको अधिकांश समय कांग्रेस र माओवादीको आलोचनामा खर्चिएका थिए ।


Facebook Comment


No ads found for this position