Casino Online No Deposit Bonus Uk: There are different table games for real money which include, blackjack, baccarat, craps, and roulette.
  • Online Real Cash Casinos - There will be some games excluded from the bonus offer.
  • Online Casino No Deposit United Kingdom: It comes with a variety of bonus features, including free spins and plenty of wilds which culminate in the potential to win big.
  • Wms slot finder

    Online Casino Bonus 2025
    There are more lower numbers than higher numbers.
    Play Slots For Real Money United Kingdom
    There is also a golden wild symbol that will substitute any icon.
    There is a great selection of pokies available here with some live casino games thrown in for good measure.

    3 Way craps bet

    Best Slot Apps Uk
    One major downside to this development is that the casinos are failing to attract new customers to their properties, and are also failing to increase their revenues.
    Free Casino No Deposit 2025 Ireland
    This is another vitally important tip for inexperienced poker players.
    Betano Casino Login App Sign Up

    यी हुन् बाहुबलीका रेर्कडहरु

    सुशील पौडेल,वैशाख २९, २०७४- विश्वमा फिल्म बजार बढ्दो छ । बढ्दो व्यापारकै कारण फिल्मको विषयवस्तु समेत सिर्जनात्मक कम, बिकाउ ज्यादा हुँदै गइरहेको आरोप पनि फिल्मकर्मीले खेप्दै आएका छन् । गत साता रिलिज भएको भारतीय फिल्म ‘बाहुबली २’ भने सिर्जनात्मक हिसाबले जति चर्चा भएको छ, त्योभन्दा बढी कमाइका रेकर्ड राखेर भाग्यशाली साबित भइरहेको छ ।

    एसएस राजामौली निर्देशित ‘बाहुबली २’ ले यतिबेला विश्वव्यापी रूपमा दस दिनमा एक हजार करोड भारु कमाइ गरी नयाँ रेकर्ड कायम गरेको छ । यसअघि कुनै पनि भारतीय फिल्मले यति धेरै कमाइ गर्न सकेका थिएनन् । त्यसो त ‘बाहुबली २’ ले पहिले नै विभिन्न शीर्षकमा बनेका रेकर्डलाई समेत भत्काएर नयाँ अंक स्थापित गरिदिएको छ । स्वदेशमा पनि नौ दिनको सर्वाधिक छिटो समयमा ३ सय करोड भारु कमाइ गरी नयाँ रेकर्ड राखिदियो ।

    प्रभास, अनुष्का शेट्टी, राणा दग्गुबाती, तमन्ना भाटिया, रम्या कृष्णन, सत्यराजलगायतको मुख्य भूमिका रहेको तेलुगु फिल्म ‘बाहुबली २’ लाई अन्य तीन भाषामा पनि डब गरी रिलिज गरिएको थियो ।

    अमेरिकाका ५० आइम्याक्स स्क्रिनमा रिलिज गरिएको ‘बाहुबली २’ एक सय करोड भारु कमाइ गर्ने पहिलो हिन्दी फिल्म बन्न सफल भएको छ । यसअघि उक्त रेकर्ड आमिर खान अभिनीत पछिल्लो फिल्म ‘दंगल’ का नाममा थियो । जुन फिल्मले ८० करोड भारु कमाइ गर्न सफल भएको थियो । ‘बाहुबली २’ ले कमाइमा आमिरकै दुई फिल्म ‘पीके’ र ‘दंगल’ ले बनाएका अधिकांश रेकर्डलाई भत्काएको छ ।

    बलिउडमा अधिकांश ठूला फिल्म इद, क्रिसमस वा तिहार जस्ता ठूला चाडमा बिदा खाने गरी रिलिज गरिन्छ । यस्तोमा प्राय: सलमान खान, शाहरुख खान र आमिर खानकै हालीमुहाली चल्ने गर्छ । तर ‘बाहुबली २’ बिना बिदाको साता रिलिज भएरै पहिलो साताका हरेक दिन सोल्डआउट व्यापार गर्न सफल रह्यो । क्षेत्रीय भाषा र क्षेत्रीय कलाकार भएको ‘बाहुबली २’ को बाढीमा बलिउड फिल्म नै पनि बगाइए ।

    ‘बाहुबली’ का दुई भागलाई चार सय ५० करोड भारुमा बनाइएको थियो । जसमा पहिलो भागले नै वल्र्डवाइड रूपमा करिब साढे ६ सय करोड भारु कमाएको थियो । पछिल्लो समय भारतीय फिल्म व्यापारको ठूलो हिस्सा बनेर उदाएको चीनमा भने ‘बाहुबली २’ रिलिज हुन बाँकी नै छ । ‘दंगल’ ले चीनमा पनि अमेरिकाकै हाराहारीमा कलेक्सन गरेको थियो र आठ सय करोड भारुको लाइफटाइम कलेक्सन गर्न सफल भएको थियो ।

    राजामौलीको फिल्मले भने सारा रेकर्ड तोड्न दुई साता पनि कुर्नु परेन । नेपालमै पनि पहिलो साता शतप्रतिशत अकुपेन्सीसहित व्यापार गरेको यस फिल्मले दोस्रो साता पनि मल्टिप्लेक्समा सोलो प्रदर्शनी पाएको छ । यहाँका व्यापार विज्ञहरू ‘बाहुबली २’ ले नेपालबाट मात्रै १२ करोडभन्दा बढी रुपैयाँको व्यापार गर्ने दाबी गर्छन् । जुन व्यापार हालसम्म कुनै विदेशीभाषी फिल्मले गर्न सकेका छैनन् ।

    दोस्रो सातामा समेत ६० प्रतिशतभन्दा बढीको अकुपेन्सीसहित दर्शक बटुलिरहेको ‘बाहुबली २’ ले दोस्रो साताको आइतबार मात्रै ३४ करोड ५० लाख भारुको कलेक्सन गर्न सफल भएको छ । जुन दोस्रो सातामा हालसम्म भारतीय फिल्मले गरेको व्यापारको उच्च आँकडा पनि हो । यतिबेला फिल्म घरेलु बक्सअफिसमा चार सय करोडको नयाँ रेकर्डतर्फ उन्मुख छ ।

    यसका लागि ‘बाहुबली २’ लाई आमिरकै दुई फिल्म ‘पीके’ र ‘दंगल’ ले क्रमश: बनाएका लाइफटाइफ कलेक्सन ३ सय ४१ करोड र ३ सय ८७ करोड भारुलाई समेत उछिनेर जानुपर्नेछ ।

    राजसत्ता संघर्षका लागि दुई भाइबीचको संघर्ष र त्यसमा भाइ भारदारले खेल्ने षड्यन्त्रको माखेसाङ्लोमा उनिएको ‘बाहुबली २’ को पटकथालाई दर्शकले जति रचाएका छन्, फिल्ममा प्रयुक्त भिजुअल स्पेसल इफेक्ट्सको पनि तारिफ गरिएको छ । फेन्टासी लुक्समा ठूलो क्यानभास सिर्जना गर्न सक्ने निर्देशक राजामौलीको कल्पनाशीलतालाई भारतमा मात्र नभई विश्वभरका फिल्म समालोचकले समेत प्रशंसा गरेका छन् । साभार कान्तिपुर

     


    Facebook Comment


    No ads found for this position