अन्तर्घात गरेको भन्दै माओवादी उम्मेदवारद्वारा पार्टी परित्याग

दीपक खरेल,काठमाडौं—ललितपुर महानगरपालिकाका एक जना माओवादी उम्मेदवारले आफ्नै पार्टी कार्यकर्ताले अन्तर्गघात गरी आफूलाई हराएको भन्दै पार्टी परित्याग गरेका छन्। ललितपुरको ११ नम्बर वडाका माओवादी वडाअध्यक्ष उम्मेदवार अरोजकुमार खड्गीले पार्टीको जिल्ला अध्यक्षलाई सम्बोधन गर्दै पार्टी परित्याग गरेको पत्र पेरिसडाँडामा बुझाएका हुन्।

वडाका इकाई समिति पदाधिकारी तथा इन्चार्जले नै आफूलाई धोका दिएको उनले आरोप लगाएका छन्।

‘अाफ्नै कार्यकर्ताको अन्तर्घात गर्दा मेरो करिब ४ सय मत एमालेलाई गयो’, उनले भने, ‘आफ्नै कार्यकर्ताले अन्तर्घात गरेकाले राजिनामा दिने स्थितिमा पुगेको हुँ।’

‘यस वडामा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार भई भाग लिँदा यस वडा इकाइ समिति पदाधिकारीले, यस क्षेत्रमा खटिएका कमरेड इञ्चार्जहरुले चुनाबी अयिभानमा असहयोग गरेको जानकारी गराउँदै म अरोजकुमार खड्गी नगर समिति सदस्य पद तथा पार्टीको साधारण सदस्य पदबाट सहर्ष राजिनामा पेश गर्दछु’, अध्यक्षलाई सम्बोधन गरिएको राजीनामा पत्रमा भनिएको छ।

उनले आफ्नो राजीनामा स्वीकृति गरिदिन आग्रह समेत गरेका छन्।

राजीनामा बुझाएका खड्गीले पार्टी कार्यकर्ताले एमालेलाई भोट दिएको नागरिकन्युजलाई बताए। ‘अाफ्नै कार्यकर्ताको अन्तर्घात गर्दा मेरो करिब ४ सय मत एमालेलाई गयो’, उनले भने, ‘आफ्नै कार्यकर्ताले अन्तर्घात गरेकाले राजिनामा दिने स्थितिमा पुगेको हुँ।’

मतपरिणाममा तेस्रो भएको अरोजले ५७७ मत ल्याएका थिए। ललितपुरको ११ नम्बर वडामा एमाले उम्मेदवार ईन्द्रमान महर्जन १०३३ मत पाएर विजयी भएका थिए। काँग्रेसका सुवेन्द्र खड्गीले ६८२ मत पाएका थिए।

खड्गीले पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बुझाएको राजीनामा पत्र


Facebook Comment


No ads found for this position