एटीएमबाट स्वाइप गरेर पेट्रोलियम पदार्थ भर्न पाइने
काठमाडौं । मुलुकका ७३ स्थानमा विकसित देशको आधुनिक पेट्रोल पम्प स्थापना हुने भएका छन्।ती पम्पमा इलोक्ट्रोनिक (बैंक) कार्डबाट खरीद गर्न मिल्ने गरी स्वाइप मेशिन (पोइन्ट अफ सेल्स – पिओएस) राखिनेछ भने चौबिसै घण्टा खुल्नेछ।
निगमले गत १८ पुसमा यस्ता ‘क्यासलेस’ कारोबार गर्ने नमूना पम्प स्थापनाका लागि निजी क्षेत्रलाई आह्वान गरेको थियो। त्यसमा ७३ वटा आवेदन परेको हो।
निगमका अनुसार पूर्वाञ्चलमा १३, मध्यमाञ्चलमा २६, पश्चिमाञ्चलमा १७, मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चलमा एक/एक वटा नमूना पम्प स्थापनाका आवेदन परेको हो। सरकारी स्तरबाट भने नेशनल ट्रेडिङले सातै प्रदेशमा सात वटा, साल्ट ट्रेडिङले एवं साझा सेवा चार प्रदेशमा चार/चार वटा, र नेपाली सेनाले दुईवटा पम्प स्थापनाका लागि आवेदन हालेका छन्।
निगमका प्रवक्ता सिताराम पोखरेलका अनुसार आवेदक मध्ये छ वटाले इजाजत समेत लिइसकेका छन्। विकास आयल पोखरा, नेपाली सेनाको रिपुमर्दिनी दुलेगौंडा पोखरा, गणपति आयल गोलबजार सिराहा, ओम श्री आयल स्टोर्स सप्तरी र मसिना इन्धन सप्लार्यसले इजाजत लिइसकेका हुन्। यी मध्ये सेनाको रिपुमर्दिनीले पुरानै पम्पकै स्तरोन्नती गर्नेछ।
विकसित देश शरहको सुविधा दिने पेट्रोल पम्प खोल्न निजी क्षेत्रलाई अनुमति दिएको पोखरेलले बताए। नमूना पम्पमा न्यूनतम २० जनाले आरामपूर्वक खान मिल्ने रिफ्रेसिङ हाउस हुनुपर्ने प्रावधान छ। पम्पसँगै पैसा तिरेर अटोमेटिक पेय पदार्थ निकाल्न मिल्ने ‘भेन्डिङ मेशिन’ र डिपार्टमेन्टल स्टोर समेत हुनुपर्ने प्रावधान छ।
अहिले नेपालभर रहेका २१ सय पम्प परम्परागत ढंगले संचालित छन्। प्रायः सबै पम्पले सानो क्षेत्रफलमा दुर्इ वटा नोजल राखेर तेल बेच्दै आएका छन्। नमुना पम्प खोल्न तरार्इमा कम्तिमा एक विघा जग्गा र पहाडी तथा हिमाली जिल्लामा पाँच रोपनी जग्गा हुनुपर्नेछ। पम्पमा कम्तिमा आठ वटा सवारी साधनले एकै पटक तेल भर्न सक्नेछन्। कम्तिमा चार वटा पेट्रोल र चार वटा डिजल नोजल हुनुपर्ने मापदण्ड निगमले तोकेको छ।
पम्पमा गाडी धुन, टायरमा हावा भर्न र सामान्य मर्मत गर्ने सर्भिस सेन्टर समेत हुनुपर्नेछ। पम्पमा स्वचालित विलिङ मेशिन हुनुपर्नेछ। कार्डबाट पैसा तिर्न पिओएस मात्र होइन उपभोक्तालाई नगद झिक्न एटिएम मेशिन पनि अनिवार्य हुनुपर्ने निगमले जनाएको छ।
निगमका अनुसार सार्वजनिक सडकदेखि पम्पसम्म पुग्ने बाटोको समेत मापदण्ड तोकेको छ। त्यस्तो बाटो कंक्रिट ढलान, ढुंगा छापेर र सिमेण्ट जोडार्इ भएको वा सिमेण्टबाट बनेको इन्टरलिंक टायलबाट बनेको हुनुपर्ने छ। पम्पनजिकै सवारी साधन आउने ठाउँमा हरियाली कायम गरेको हुनुपर्ने प्रावधान समेत राखिएको छ।

पम्प खोल्न ठूलो लगानी
नयाँ मापदण्ड अनुसार पम्प स्थापना गर्न ठूलो लगानी गर्नुपर्नेछ। अहिले परम्परागत रुपमा चल्ने पम्म एक/दुर्इ करोड रुपैयाँको लागतमा स्थापना भएका थिए।
नयाँ मापदण्ड अनुसार पम्प राख्न कम्तीमा पाँच करोड रुपैयाँ लाग्नेछ। जग्गाको मूल्य महंगो भएको ठाउँमा एउटा पम्प खोल्न १० करोड रुपैयाँसम्म लाग्नेछ। तेल बिक्री गरेर मात्रै लगानीको प्रतिफल नपाउने नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका पूर्व अध्यक्ष सरोज पाण्डेले बताए।

‘होटल, रेष्टुरेन्टको आयबाट प्रतिफल लिनसक्ने देखेर आवेदन हालेको हुनसक्छ, उनले भने- तेल बिक्री गरेर मुनाफा छैन। तर, अहिले जग्गामा गरेको लगानीले दीर्घकालिन रुपमा मुनाफा देखेर पनि कतिपयले पम्प खोल्न चाहेका छन्।’