पर्वातारोही गाइडको चेतावनी : प्रमाणपत्र नदिए पेशा छाड्ने

हिमाल चढ्नेलाई चढाउने जिम्मेवारी सम्हालेर हिमाल आरोहण गर्ने पर्वतारोही गाइडलाई सरकारले आरोहण प्रमाणपत्र नदिएको भन्दै आरोहण बन्द गर्ने चेतावनी दिएका छन् । ‘हाइ अल्टीच्यूड वर्कर’ र टिम सरदार उल्लेख गरी विगतदेखि दिदै आएको आरोहण प्रमाणपत्र सन् २०१५ देखि पर्यटन विभागले बन्द गरे पछि गाइडहरुले पेशा छाड्ने चेतावनी दिएका हुुन् ।


गतसाता सगरमाथा आधार शिविरमा ८६ जना पर्वतीय गाइडहरुको भेलाले प्रमाणपत्र नदिए आरोहण बन्द गर्ने भन्दैहस्ताक्षरसहितको मागपत्र विभागमा बुुझाए । हिमाल चड्नेले राज्यलाई अरवौ रुपैयाँ राजश्व बुुझाउने तर चढाउने गाइडकालाई राज्यले वेवास्ता गरेका आरोप लगाउदै यसै बर्षदेखि प्रमाणपत्र नदिए आरोहणमा भाग नदिई ठप्प बनाउने सगरमाथा आरोही संघका महासचिव लाक्पा रंडुु शेर्पाले बताउनुुभयो । राज्यले सलामी दस्तुुर मात्र लिएर हिमाल चडाएको हामी हेर्न चाहान्छौ काम गर्नेलाई सम्मानको अलवा अपमान गरेको हामीले ठहर गरेका छौ ।
सगरमाथा आधारशिविरबाट हस्ताक्षर संकलन गरी चेतावनी पत्र पर्यटन विभागमा पठाएको हो । विभागबाट खटिएका सम्पर्क अधिकृत ज्ञानेन्द्र कुुमार श्रेष्ठ, सुुविर श्रेष्ठ र पेम्वा ग्यावुु शेर्पा समेतको रोहवरमा पत्र विभागमा पठाएको महासचिव शेर्पाले बताउनुुभयो । पर्वातारोही र गाइडको बिषयमा नयाँ संविधानले केही नबोलेको र पर्यटन ऐन, पर्वातारोहण नियामवलीले समेत सम्बोधन नगरेकोले राज्यले आफूहरुको उपेक्षा गरेका गाइडहरुको आरोप छ ।
आरोहीलाई शिखरसम्म पुु¥याएर सुुरक्षित अवतरण गराउने जिम्मा पर्वातारोहण गाइडले गर्दे आएकाले हिमाली पर्यटन विकासको कल्पना गाइड विना सम्भव नभएको अन्तराष्ट्रिय पर्वतीय गाइड लाक्पा शेर्पाले बताउनुुभयो । तत्काल सरकारले नियामवली संशोधन गरेर भएपनि आरोहीको सम्मानका लागि प्रमाणपत्र दिनुुको विकल्प नभएको बताउनुुभयो । अहिले सगरमाथा, ल्होत्से, नुुप्से लगायतका हिमाल आरोहणका लागि सगरमाथा आधारशिविरमा पाँचसय भन्दाबढी पर्वतीय गाइडहरु रहेका छन् । विभागको रेकर्डमा हेर्दा हिमाल आरोहणको इतिहास तेन्जीङ नोर्गे र सर एडमण्ड हिलारी देखिनै शेर्पा गाइडलाई सरदारको रुपमा प्रमाणपत्र दिदै आएको छ ।
मीन बहादुुर शेरचनलाई पर्यटन विभागले सलामी दस्तुुर असुुल्नकै लागि नियम कानुुन विपरित आरोहण अनुुमति दिएकाले उनको मृत्युभयो । कानुुन अनुुसार उहाँको जीवन बीमादेखि कुुनै पनि बीमा थिएन यो पर्वातारोहण नियामवलीमा उल्लेख छैन तर पर्वतारोहण गाइडलाई नियामवलीमा नभएको भन्दै प्रमाणपत्र रोक्नुु भनेको सिंगो गाइडमाथि पर्यटन विभागले दुुव्यवहार गरेको आरोप गाइड पासाङ गोम्बुु शेर्पाले लगाउनुुभयो । उहाँले आधारशिविरबाटै प्रमाणपत्रको माग गरी पत्र पठाएका छौ यदी दिएन भने आउने बर्ष आधारशिविरबाटै आरोहण रोक्न बाध्य हुुने बताउनुुभयो । गाइडको पक्षमा नेपाल पर्वातारोहण संघ, पर्वातारोहण सञ्चालक संघ, उच्च हिमाली तथा पहाडी क्षेत्र कामदार सहयोग संंघ समेतले पहल र चासो नदेखाएको समेत गाइडहरुको आरोप छ ।


Facebook Comment


No ads found for this position