सगरमाथा आरोहीलाई ठग्दै : पर्वातारोहण सञ्चालक संघ
सगरमाथा आरोहका लागि आएका आरोहीहरु पर्वातारोहण सञ्चालक संघले समयमै बाटो नबनाए पछि फर्कन बाध्य भएको आरोप लगाएका छन्। प्रत्येक आरोहीबाट दुई सय अमेरिकी डलर असुल गरी सगरमाथा र ल्होत्सेको क्याम्प दुई भन्दा माथि बाटो निर्माण रक फिक्सीङ गर्ने जिम्मा लिएको संघले बाटो निर्माण नगरे पछि आरोही फर्कनु परेको भन्दै आक्रोस व्यक्त गरेका छन्।
गत बैसाख २४ देखि २६ गतेसम्म बाटो बनाउने निर्णय गरे पनि नबनाए पछि आरोहीहरु आफ्नो लक्ष्य अनुसार आरोहण गर्न असफल भएर फर्कनु परेको एडभेन्चर एसेन्ट ग्रुपका प्रमुख लाक्पा गेलु शेर्पाले बताए । चार जना अमेरिकी आरोही सहितको आरोहणदलसहित सगरमाथा हिडे पनि तोकिएकै समयमा बाटो नबनाए पछि आफुहरुले समय निकालेर आरोहण गर्न नसके पछि फर्कन बाध्य भएको बताए ।
पर्वातारोहण सञ्चालक संघले बाटो निर्माण नगरेको उहाँले दावी गर्दै कारवाहीको माग गरेका छन्। व्रिटिस गोखरा शैनिकको टोलीले दक्ष शेर्पालाई पैसा दिएर बाटो बनाउन लगाए पछि जेठ १ गते बाटो बनाउन सफल भएको उनले बताए ।
सगरमाथा जाने साउथकोल देखि बालकोनी सम्म मात्र संघले बाटो बनाए पनि त्यस भन्दा माथि नबनाए पछि आरोहीहरु फर्कन बाध्य भएका थिए । आरोहीले दुख पाएको, निर्धारण गरिएको खर्च र खाद्यन्न समेत अभाव भए पछि ६० जना बढी आरोही फर्कन बाध्य भएका छन् ।
जेठ ५ गते २९ जना, ६ गते २५ जना आरोही बिचैबाट फर्कन बाध्य भएपछि विदेशी आरोहीले लाखौ रकम खर्च गरे पनि आरोहण सफल गर्न नसकेको भन्दै दुखित भएका थिए । समयमै बाटो निर्माण गरेको भए आरोहणको योजना तय गर्ने र मौसम अनुसार आरोहण गर्न सकिने भन्दै संघलाई पर्यटक विभागले बाटो नखोल्नको कारण खोजी कारवाही गर्न आरोहणदलले माग गरेका छन्।
बाटो बनाउन संघलाई अल्पाइन एजेन्सीका शेर्पा गाइडहरुले सहयोग गरे पनि उल्टै शेर्पाहरुलाई असहयोग गरेकाले बाटो बनाउन संघ असफल भएको गाइड पेम्बा भोटेको भनाई छ । वेलायत सेनाले जेठ १ गते बाटो निर्माण गरी पहिलो पटक आरोहण सफल बनाएका थिए। ल्होत्सेको बाटो निर्माणमा एक पटक पनि चासो नदेखाएको पछि सेभेन समिट ट्रेकका गाइड पेम्बा भोटेको नेतृत्वले बाटो निर्माण गरी आरोहण सफल बनाएको एजेन्सीले बताएको छ ।
यता पर्यटक विभागका महानिर्देशक दिनेश भट्टराईले बाटो निर्माण नगरेको लिखित उजुरी आएकाले छानविन गर्ने बताएका छन् । कसरी बाटो निर्माणको जिम्मा लियो , दुई सय डलर कसरी संकलन गर्यो र किन बाटो समयमै बनाएन यो बिषयमा गम्भिर भएर लाग्ने र दोषीलाई कारवाही गर्ने उनको दावी थियो ।