बाँसको पेसा आम्दानीको भरपर्दो स्रोत

इटहरी, ७ जेठ । दक्षिणी भोजपुरको होमताङ, घोरेटारलगायतका किराँत समुदायले पछिल्लो समय डालो, नाङ्लो, थुन्से र डोको लगायतका सामग्री बुनेर प्रशस्त आम्दानी गरिरहेका छन् । अहिले तराईका अन्य समुदायमा पनि यो पोसा रोजीरोटीको मुख्य पेसा बनिरहेको छ ।
धेरै पहिले घरेलु समस्या टार्ने काममामात्र प्रयोग हुँदै आएको डोको, नाङ्लो , थुन्से, ढाकर, चाल्नो मान्द्रो भकारी चित्रालगायतका झुपडिदेखि महलसम्म आवश्यक बन्दै आएको छ । घरपरिवारका सदस्य मिलेर थोरै लगानीमा घरमा नै बसेर बसिबियाँलो मै बनाइने यस्ता सामानले औद्योगिक रुप लिएपछि व्यवसाय पनि फस्टाउँदो छ ।

किराँती अर्थात वान्तवा चाम्लिङ राईले उत्साहित बनेर गाउँघरमा नै ठूलो परिमाणमा बाँसका ती सामग्री उत्पादन गरी सुनसरीको बराह क्षेत्रसम्म बोकेर ल्याउने गरेकामा अहिले विदेशमा समेत यी सामान निर्यात हुन थालेको छ ।
धेरैले बाँसका सामग्री बनाएर प्रशस्त आन्दानी लिने गतिलो वैकल्पिक उद्योगका रुपमा यो पेसा अङ्गालेको स्थानीय व्यवसायी राजेन्द्र राईको भनाइ छ । इटहरीको हाटखोलामा थोक बिक्रेताका रुपमा नाङ्लो , डालो, मुडा र थुन्से लगायतका बाँसजन्य तयारी सामान रु १० लाखदेखि रु २० लाखसम्मको कारोबार गर्दै आएको व्यवसायी मोहन राईले बताउनुभयो ।

वैदेशिक रोजागरमा गाउँ नै रित्तो बनाएर युवा विदेशिने क्रम तीव्र बनिरहेका बेला बाँसको यो पेसा भोजपुरमा नै सयाँैको हाराहारीमा छ भने पूर्वी नेपालका तराईका जिल्लामा पनि यसको व्यवसाय विस्तार हुँदै आएको छ ।


Facebook Comment


No ads found for this position