मतपत्रसँगै पैसा भेटिएपछि…….

जेष्ठ ७, २०७४- मतपत्रभित्र पैसा भेटिएपछि इन्द्रावती गाउँपालिकामा विवादले मतगणना रोकिएको छ । इन्द्रावती गाउँपालिकाको वडा ८, ९, १० को मत गणना गर्ने क्रममा दस, पाँच, पचासका नोट भेटिएपछि विवादले मतगणना रोकिएको हो ।

शनिबार बेलुका र  आइतबार ११ बजे मतगणना गर्दा मतपेटीका भित्र पैसा भेटिएको थियो । कुनै मतदाताले झुक्किएर पैसाको नोट मतपेटीकामा खसालेको हुनसक्ने मतदान अधिकृतले अनुमान गरेका छन ।

आधा घण्टाको विवादपछि सबै दलको र निवार्चन अधिकृतको सहमतिमा पुन मतगणना सुचारु गरिएको थियो । असुरक्षित मतदान र मतगणना भएको उठेपछि त्यहाँ प्रहरी परिचालन बढाइएको छ ।

इन्द्रावती गाउँपालिकाका मतदान अधिकृत हरि बखतीकाअनुसार विवाद हाल सामान्य अवस्थामा आइसकेको छ । सबै गाउँपालिकाको मतगणना सकिएको र इन्द्रावतीको मात्रै बाँकी भएकाले मतगणनाको कार्यलाई तिव्रता दिइएको बखतीले बताए ।

‘नोटले विवाद सिर्जना गरेको थियो , अहिले मतगणना थालिसकेका छौं’, उनले भने, ‘वडा १०, ११,१२ को मतगणना थालिरहेका छौ ।’ उनले मतगणनाको कार्य चुस्त र सुरक्षित बनाउन कडा सुरक्षाको घेरामा मतगणना भइरहेको बताए ।


Facebook Comment


No ads found for this position