भोट हालेपछि मुगुवासी यार्चा संकलनतिर

राजबहादुर शाही

जेष्ठ ७, २०७४- मुगु छायाँनाथ रारा नगरपालिका वडा नं. २ का छोर्तेन तामाङ जनप्रतिनिधिहरुलाई भोट हालेर यार्चा संकलन गर्न पाटनतर्फ लागेका छन् ।

छोर्तेन हरेक वर्ष पाटनमा यार्चा टिप्न जाने गरेका छन् । स्थानीय तहको चुनावले गर्दा यो पटक ढिला भएको उनको भनाइ छ । उनी यार्चाबाट जीविका निर्वाह गर्दै आएका छन् । मुगुम् कार्मारोङ गाउँपालिकाको उच्च पाटन क्षेत्रमा यार्चा टिप्ने मौसम सुरु भएपछि स्थानीयवासी भोट हालेर यार्चा संकलनतिर लाग्न थालेका छन् ।

मुगुको सानो कोइकी, ठूलो कोइकी, रिमार, टाँके, हाङदाङ खोला, छापाखोलालगायत सातवटा स्थानमा जेठ दोस्रो साताबाट यार्चा संकलन कार्य प्रारम्भ हुने गरेको छ ।
बहुमुल्य जडिबुटी यार्चा टिप्न मुगु, हुम्ला, जुम्ला, कालिकोट, दैलेख, सुर्खेत, बाजुरा, बर्दिया, बाँके जिल्लाबाट सातु सामल बोकेर स्थानीय पाटन उक्लिन थालेका छन् ।

मुगुको हिमाली क्षेत्रमा यार्चा उम्रिन थालेपछि स्थानीय टिप्ने जान थालेको मुगुम् कार्मारोङ गाउँपालिका वडान ६ रिउस गाउँका सिपी तामाङले जानकारी गराए ।       गर्मी मौसमसँगै हिमाली क्षेत्रमा बाक्लो हिउँ पग्लिदै जाने र जमिनबाट झुसिल किरा जस्तै यार्चा उम्रिने गरेको छ । करिब दुई महिनासम्म पाटनमा यार्चा टिप्ने काम हुन्छ ।

पाटन क्षेत्रमा संकलन गरिएको यार्चा प्रतिकिलो १८ लाखदेखि २५ लाखसम्म मूल्य पर्ने भएकोले सर्वसाधारणदेखि व्यापारी आक्रर्षित हुने गरेका छन् ।


Facebook Comment


No ads found for this position