बर्दिया राष्ट्रिय निकुञ्जलाई वन्यजन्तुमैत्री बनाइने

गुलरिया (बर्दिया), ८ जेठ । निकुञ्ज, मध्यवर्ती क्षेत्र र जैविकमार्गमा निर्माण गरिने भौतिक संरचनाको डिजाइन तयार गर्दा वन्यजन्तुको निर्वाध आवागमनमा प्रतिकूल असर नपर्ने र वैकल्पिक उपायको सुनिश्चितता गर्ने व्यवस्था मिलाउने विषयमा बर्दिया राष्ट्रिय निकुञ्जमा आयोजना गरिएको वन्यजन्तुमैत्री भौतिक पूर्वाधार निर्माणसम्बन्धी आइतबार यहाँ आयोजित कार्याशाला गोष्ठीमा छलफल भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र तथा जैविक मार्गमा वन, वन्यजन्तु र प्राकृतिक सम्पदा संरक्षणका लागि सहभागी सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई निरन्तरता दिँदै निकुञ्जभित्र पर्ने पूर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनको ठक्करबाट वन्यजन्तु मारिने घटना नियन्त्रणका लागि निकुञ्जभित्रको राजमार्गमा ४० किमी प्रतिघन्टाभन्दा बढी गतिमा गाडी चलाउन नमिल्ने गरी ठाउँ ठाउँमा स्पीड ब्रेकर निर्माण गर्ने गोष्ठीमा सुझाव दिइएको थियो ।

निकुञ्जको बबई उपत्यका र पूर्व पश्चिम राजमार्गको अम्रेनी कर्णाली तथा सैनावार रम्भापुर खण्डमा नेपाल टेलिकमको नेटवर्कले काम नगर्ने भएकाले निकुञ्जको संरक्षण, सूचना आदानप्रदानमा समेत समस्या रहेको हुँदा नेपाल टेलिकमबाट ती क्षेत्रमा सहज सुविधा उपलब्ध गराउन प्राथमिकताका साथ ब्यवस्था मिलाउने र यस किसिमको समन्वय र सहकार्यलाई निरन्तरता दिनका लागि समय समयमा समन्वय बैठक आयोजना गर्ने जानकारी गराइएको थियो ।


Facebook Comment


No ads found for this position