नेपाल प्रहरीले पक्राउ गरेका भारतीय प्रहरी कस्ते छुटायो ?

महेन्द्रनगर स् पक्राउ परेका भारतीय प्रहरीका डीएसपीसहित पाँच जना भारतीय प्रहरी छुटेका छन् । नेपाल प्रहरीले उनीहरुलाई शुक्रबार बिहान छोडेको हो । नेपाल प्रवेश गरी एक नेपालीलाई पक्राउ गरी लैजाँदै गर्दा बुधबार राती भारतीय प्रहरीको टोलीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो ।


शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय डोटीले उनीहरुलाई कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीसम्म पुर्‍याएर भारतको बनवासास्थित प्रहरी थानाको जिम्मा लगाएको छ ।बनवासास्थित थानाका इन्चार्ज राजेश पाण्डेयको जिम्मा लगाएर छोडिएको महाकाली अञ्चल प्रहरी कार्यालयका एसएसपी सुशील भण्डारीले जानकारी दिनुभयो । ुआज बिहान डोटी कै प्रहरीले यहाँसम्म ल्याएको होु उहाँले भन्नुभयो,‘ बनवासास्थित प्रहरी थानाका इन्चार्जलाई जिम्मा लगाएर उनीहरुलाई छोडिएको हो ।
बुधवार पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय डोटीले राति नै त्यहाँबाट महेन्द्रनगरका लागि ल्याएको हो । माथिल्लो निकायसँगको समन्वयपछि नेपाल प्रहरीको क्षेत्रीय कार्यालयले उनीहरुलाई भारतीय प्रहरीको जिम्मा लगाएर छोडेको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ पछि जिल्ला प्रहरी कार्यालय डोटीमा राखिएका उनीहरुलाई भारतीय प्रहरीका उच्च अधिकारीहरुको रोहबरमा छोडिने बतार्ईएपनि जुनियर तहका अधिकारीको रोहबरमा छोडिएको हो । डोटीको दिपायल(सिलगढी नगरपालिका(८ लडागडाका लालबहादुर आउजीलाई घरबाटै पक्राउ गरेर लैजाने भारतीय प्रहरीका डिएसपी सहित पाँच जना भारतीय प्रहरी र दुई जना नेपाली गरी सात जनालाई डोटी प्रहरीले बुधबार राती पक्राउ गरेको थियो ।
भारतीय प्रहरीका डिएसपी नागराजको नेतृत्वमा रहेको भारतीय प्रहरीको टोली र दुई जना नेपालीसहितका सात जनाको टोलीले आउजीलाई गाडीमा हालेर लैजाने क्रममा डोटीमा पक्राउ गरिएको थियो । भारतमा बैंक डकैतीको आरोप लागेका लालबहादुर आउजीलाई पक्राउ गर्न भारतमा रहेका उनकै दुई जना साथीको सहयोगमा भारतीय प्रहरी डोटी पुगेको थियो ।
गतवर्ष बैशाखमा पनि डोटी र अछामको सिमानामा पर्ने चौखुट्टे क्षेत्रबाट पाँच भारतीय सुरक्षाकर्मीहरु हतियारसहित पक्राउ परेका थिए ।


Facebook Comment


No ads found for this position