हाकुबासीलाई सहयोगीले दिलाएको खुसी

बलराम घिमीरे ,रसुवा
पुस्तौंदेखि लालपुर्जाको अनुहार देख्न नपाएका गुठी पीडित हाकुबासीले लालपुर्जा पाएका छन्।

शनिवार धुन्चेमा आयोजित लालपुर्जा वितरण समारोहकाबीच हाकुबासी गुठी पीडितलाई लालपुर्जा वितरण गरिएको हो । असायाय बाल बालीका विकास केन्द्र रसुवाको सहकार्यमा हिमालयन पीस एजुकेसन फाउण्डेसनका अध्यक्ष राजेन्द्र बहादुर लामाको अगुवाईमा लालपुर्जा वितरण गरिएको हो । साविकको हाकु गाविस वडा नंं. २ देखि ७ नम्बर (६ वडाका) हाल पार्वतिकुण्ड गाउँ पालिका वडा नं. १ र २ मा बसोबास गर्ने ५०० भन्दा बढी परिवार गुठी समस्याले पीडित भएका थिए । उनीहरुसँग आजसम्म बसोबास गरेको कुनैपनि पुर्जा नभएको हुँदा विविध समस्या भोग्दै आएका थिए ।भूमि अधिकार मञ्च र गुठी पीडित किसानको संयुक्त प्रयासले १२ वर्षपछिको अभियानपछि किसानहरुले हातहातमा रातो लालपुर्जा लिएका छन् । काठमाडौंस्थित स्यम्भु घ्याङगुठीको नाममा दर्ता रहेकोे जग्गा त्यसयता त्यहा बसोबास गर्ने स्थानीयहरु भोगचलनको अधिकारबाट वञ्चित हुँदै आएका थिए । जिल्ला भूमि अधिकार मञ्चको पहलमा हाकुबासीले लालपुर्जा लिएका हुन् । धुन्चेमा आयोजित कार्यक्रमको अवसरमा ६० परिवार किसानलाई पहिलो चरणमा लालपुर्जा वितरण गरिएको हो । स्यम्भु घ्याङगुठीलाई प्रति परिवार ५००० रुपियाँ शुल्क अट्रियन तादाले तिरी दिएपछि मालपोत कार्यालय रसुवाले पुर्जा दिएको हो ।विशेष गरि भूकम्प प्रभावीत क्षेत्रमा आफ्नो कार्य क्षेत्र बनाएको हिमालय पीस एजुकेसनले आगामी दिनमा पनी सहयोग गरिरहने संघका अध्यक्ष लामाले जानकरी दिएका थिए ।

हाकुबासीसँग आफ्नो नाममा बसोबास गरेको स्थानको कुनै पनि प्रमाणपुर्जा नहुँदा अहिलेसम्म पनि उनीहरुको नयाँ घर निर्माणको लागि भूकम्प पीडित अनुदान सम्झौता हुन सकेको छैन । यससँगै उनीहरुले नयाँ घर निर्माणको लागि सम्झौता गरी नयाँ घर बनाउनको लागि अनुदान रकम समेत पाउने भएका छन् ।।


Facebook Comment


No ads found for this position