मुगुमा यार्सा संकलनका लागि पाटन क्षेत्रमा जानेको संख्या घट्यो

मुगुमा यार्सा संकलनका लागि पाटन क्षेत्रमा जानेको संख्या यो बर्ष घटेको छ । जेठ महिनाको दोस्रो साता देखि यार्सा संकलन शुरु भएपनि यो पटक मुगुको मकामारोङ्ग गाँउपालिकाका पाटन क्षेत्रमा थोरै स्थानीय पुगेका हुन ।

स्थानीय चुनावका कारण गाँउमा भोजभतेर भैरहेको र यार्सा पाईने स्थानमा हिमपात पनि भैरहेकाले यार्सा संकलनका लागि जानेहरु घटेका हुन । यो बर्ष गाँउपालिकाले बालबालिका लैजान प्रतिवन्ध लगाएकाले पनि लेकतिर जानेको संख्या घटेको हो । यार्सा संकलनका लागि जेठ बीसदेखि असार पन्ध्रसम्मको समय दिइएको छ । गत बर्ष यार्सा संकलनमा ८ हजार भन्दा बढी पाटन क्षेत्रमा गएको तथ्यांक छ । यो बर्ष जम्मा ४ हजारले मात्रै प्रवेश पाएका छन् । यार्सा संकलन गर्न जानेवाट अघिल्लो बर्ष ८० लाख राजश्व संकलन भएको थियो । यो पटक भने ४१ लाख मात्र राजश्व संकलन भएको छ । यार्सा संकलनका लागि जिल्लाबासीलाई १५ सय र बाहिर जिल्लाकाले २ हजार राजस्व बुझाउनुपर्ने हुन्छ । मुग मकामारोङ्ग गाँउपालिकाको मुगु गाँउको रिमार, ठुलो कोखि, स्यानो कोखि, छापाखोला, हङ्गदङ्ग खोला, चाल्ने, लगायत अन्य पाटन क्षेत्रमा यार्सा पाइने गर्दछ ।।


Facebook Comment


No ads found for this position