महानगरीय ट्राफिक प्रहरीले उठायो तीस करोड राजस्व

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म ३० करोड ३० लाख ५२ हजार ९ सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

महाशाखाले उपत्यकामा अवैध रुपमा पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, हर्न बजाएर सवारीसाधन चलाउने लगायत कार्यमा संलग्न सवारीसाधनबाट उक्त राजस्व सङ्कलन गरेको हो ।

महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले पाँच लाख ४६ हजार ५ सय ६० रुपैयाँ सवारीसाधन कारबाहीबाट उक्त राजस्व सङ्कलन भएको जानकारी दिए।

यस्तै, महाशाखाले जेठ १६ गतेदेखि जेब्रा क्रसिङबाट बाटो नकाटी अन्य स्थानबाट बाटो काट्ने पैदलयात्रुलाई जरिवाना गर्दै आएको छ । महाशाखाले अवैधरुपमा बाटो काट्ने पैदलयात्रुलाई यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ र १३७ प्रयोग गरी २ सय रुपैयाँ जरिवाना लिएको हो । रासस


Facebook Comment


No ads found for this position