अमेरिका भिसा आवेदन फारममा परिवर्तन, फेसबुक ट्वीटरको पासवर्ड अनिवार्य

एजेन्सी । विश्वका कुनै पनि देशबाट अमेरिका भिसा आवेदन गर्नेले फारममा अनिवार्य आफ्नो फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालको युजर एकाउण्ट र पासवर्ड उल्लेख गरिनु पर्ने नयाँ नियम कार्यन्वयनमा आएको छ ।

विश्वका सबै देशमा लागु हुनेगरि गरिएको भिसा आवेदन फारमको यो परिवर्तनलाई डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि अमेरिका प्रवेशमा गरिएको कडाईको एउटा खुड्किलोको रुपमा बिदेशी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन ।

टर्कीस्थित अमेरिकी दुतावासको भिषा आवेदन फारमको एक प्रति सार्वजनिक गर्दै बिबिसी हिन्दीले लेखेको छ । अब अमेरिका भिसा आवेदन गर्नेको अनिवार्य रुपमा उस्को ५ वर्षे सामाजिक सञ्जाल गतिविधि नियाल्नु अमेरिकाको दायित्व हुनेछ । अमेरिका को जान्छन या जाँदैनन् त्यो अमेरिकाको निर्णय हुनेछ ।


Facebook Comment


No ads found for this position