लिने हो क्यान्योनिङको मज्जा ?

क्यान्योनिङ एशोसिएसनले आफ्नो दशौं बार्षिक उत्सवको अवसरमा नुवाकोटको बुलबुलेमा तेस्रो क्यान्योनिङ महोत्सबको अयोजना गयो ।
अन्तर्राष्ट्रिय जगतमा खेल निकै लोकप्रीय रहेपनि नेपालमा भने १८ वर्ष पहिने नेपाल घुम्न आएका फ्रान्सका एक पर्यटकले नेपालको भू वनोट र यहाँ जहीतही पाउन सकिने झरना छांगा देखेर भित्रयाएका हुन । नेपालमा प्रचुर संभानवा देखेर क्यान्योनिङलाई व्यवसायीक रुपमा खेलाउन थालीएको भने १० वर्ष मात्रै भयो । नेपालमा क्यान्योनिङ लाई व्यवसायीकरुपमा परिचित गराउने श्रय भने नेपाल क्यान्योनिङ एशोसिएसनलाई जान्छ ,जसका सदस्यहरुले यस खेललाई समय स्थान सुहाउदो बनाउदै नेपालीहरुमाझ पनी लोकप्रीय बनाउने अथक प्रयास गर्दै आएका छन् । नेपालको लम्जुङमा भएको अन्तराष्ट्रिय क्यान्योनिङ प्रतीयोगीताले यसलाई विश्वमाझ परिचीत गराउन सफल भयो भने अन्य स्थानमा पनि यो विस्तारै लोकप्रय बन्दै गैरहेको छ ।
नेपालीहरुमा देखीएको डरलाई एकैचोटि हटाउन सकिने यो खोल जती डर लाग्दो देखीन्छ, खेलीसकेपछी भने डर एका एक हराएर जान्छ ,सायद त्यसैले यसलाई सांहसीक खेल भन्न रुचाउछन पर्यटक र पर्यटन व्यवसायी । झरना वा छांगोमा डोरीको सहायताले तल झर्दै चिप्लदै र पोखरीमा पौडी खेल्दै गरिने यो खेलमा विशेष प्रकारको डोरीको प्रयोग गरिएको हुन्छ जुन डोरी विशेष प्रकारले बनाईएको हुदाँ डोरी चुडीने कुनै संभावना हुदैन,ढुंगामा प्वाल बनाएर पेच कसिएको हुन्छ र त्यसैमा डोरी बाधीएको हुन्छ ।
खेलाडीको पहिरन पनि विशेष प्रकारको हुन्छ ,जसको प्रयोगले प्रतीयोगीहरुलाई दुर्घटनामा पर्नबाट बचाउछ र प्रतीयोगीता स्थलका विभिन्न ठाउमा विशेष तालीम प्राप्त गाईडहरुको निगरानीमा यो खेलको आनन्द निल सकिन्छ ।क्यान्योनिङ एउटा खेलमा मात्र सिमीत रहेको छैन, घटना दुर्घटनामा पनी यसले पु¥याउदै आएको योगदानपनी सराहनीय रहेको छ । केही वर्ष अगाडी पोखरा स्थीत सेतीको खोचमा एक बालिकाको उद्धारमा कमल नेपाली नाम गरेका बालकलाई केहि घण्टाको तालीम दिएर बालीकाको उद्धार पनी नेपाल क्यान्योनिङ संघले गरेर यो कुराको पुष्टि गरी सकेका छ ।
नेपालमा अन्र्तराष्टियस्तरको तालीम लीएका क्योनोनर दविन्द्र लामाका अनुसार यो खेल तालीम प्राप्त दसस्यहरुको निगरानीमा गरिने हुदा डराउनु पर्ने कुनै कारण छैन । न गर्दा सम्म मात्र हो डर लाग्ने गरिसकेपछि तपाई फेरि फेरि गर्न रुचाउनु हन्छ । विशेष गरि काठमान्डौको कोलाहाल र गर्मीलाई छल्नका निम्ती यो खेल निक्कै उपयोगी मानिन्छ । नेपालीहरुमाझ पनी यो खेललाई चिनाउन सके आन्र्तरिक पर्यटक बड्ने व्यवसायीहरु बताउछन् ।स्थानीय पर्यटकिय क्षेत्रको पहिचान र त्यसको प्रबद्धन गर्न अब स्थानीय नै लाग्नु पर्ने व्यवसायी बताउछन ।
क्यान्योनिङ एशोसिएसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले नेपालमा प्रचुर सम्भावना भए पनि नेपाल सरकारले उचित नियम कानुन ल्याउन नसक्दा फस्टाउन नसकेको बताएका छन् । उनले सरकारले क्यान्योनिङका लागि छुट्टै ऐन ल्याउन सके नेपाल बाह्य पर्यटकको राम्रो गन्तब्य बन्न सक्ने र पर्यटन व्यवसाय पनि फस्टाउने बताए । पर्यटन क्षेत्रबाट राजश्व मात्र उठाउन जानेको नेपाल सरकारले नेपालको पर्यटनको क्षेत्रमा खासै कुनै त्यस्तो उल्लेख्य काम गरेको छैन । नेपालमा जती पनी पर्यटनको विकास भएको छ त्यो सबै निजी स्तरबाट भएको देखीन्छ । त्यस्तै पहिलो चोटि क्यान्योनिङमा सहभागीता जनाएका टानका अध्यक्ष चन्द्रप्रसाद रिजालले क्यान्योनिङलाई पर्यटन व्यवसायी र सरकारले प्रवद्र्धन गर्न जरुरी रहेको बताएका छन ।