एमाले भेलामा राजपाको हस्तक्षेप गरेपछी

मनोहरकुमार पोखरेल,राजविराज : नेकपा (एमाले) प्रति आक्रामक हुँदै आएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता, कार्यकर्ताले आइतबार राजविराजमा आयोजित कार्यक्रम स्थलमा प्रवेश गरी तोडफोड गरेका छन् ।

राजविराजस्थित साह धर्मशालामा भइरहेको एमालेको नगरस्तरिय अगुवा कार्यकर्ता भेलामा प्रवेश गरेका राजपाका कार्यकर्ताहरुले तुल, ब्यानर, झन्डा, कागजपत्रलगायतका निर्वाचन सामाग्री जलाउनुका साथै कुर्सी तोडफोड गरेका छन् ।


कार्यक्रममा एमालेका अधिकांश नेताहरु तथा राजविराज नगरपालिकाका उम्मेदवारहरुले मन्तव्य राखेर अन्यत्रको कार्यक्रममा बाहिरिएका बेला नारा जुलुससहित राजपाका कार्यकर्ताहरु कार्यक्रमस्थलमा प्रवेश गरेका थिए ।
घटनाको घोर भत्सर्ना गर्दै एमालेले प्रशासनलाई जानकारी दिएर गरिएको कार्यक्रममा सुरक्षा निकायको अनुपस्थितिले आश्चर्यमा पारेको जनाएको छ । निर्वाचनको वातावरण बिगार्न खोज्नेहरुप्रति सचेत रहन र आफ्ना कार्यकर्ताहरुलाई संयम रहन आग्रह गर्दै एमाले नगर कमिटिका अध्यक्ष निरन्जन झाले राजपाको गैरलोकतान्त्रिक कार्यप्रति भत्सर्ना गर्नुभएको छ । 

एमालेले दोषिहरुमाथि आवश्यक कारवाहीको माग समेत गरेको छ ।घटना लगत्तै पुगेको प्रहरी टोलीले झडप हुन र थप क्षति हुनबाट जोगाएको थियो ।


Facebook Comment


No ads found for this position