एअरबस हेलिकोप्टर र माछापुच्छ्रेबीच सम्झौता

काठमाडौं : एअरबस हेलिकोप्टर्सले माछापुच्छ्रे एअरसँग एचकेयर करारमा हस्ताक्षर गरेको छ । उक्त करारअन्तर्गत माछापुच्छ्रे एअरद्वारा सञ्चालन गरिने दुईवटा एच१२५ हेलिकोप्टरलाई पाँच वर्षका लागि एअरबसको एचकेयर प्रोग्रामले कभर गर्नेछ । करारले तालिकाभित्र र बाहिर दुवै इभेन्टअन्तर्गत अपरेसनलाई सुरक्षित, कुशल र मूल्य-प्रभावकारी बनाउन आवश्यक पर्ने सम्पूर्ण सहयोग सञ्चालकलाई प्रदान गर्नेछ ।

करारअन्तर्गत माछापुच्छ्रे एअरले प्रबन्ध सेवा प्रदान गर्नुपर्नेछ । माछापुच्छ्रे एअरका कार्यकारी निर्देशक सुमन पाण्डेले नेपालमा एच१२५ भित्र्याउने पहिलो कम्पनी भएपश्चात एचकेयर स्मार्ट कार्यक्रमबाट लाभान्वित हुने देशकै पहिलो कम्पनी भएको दाबी गर्नुभयो ।

उहाँले नेपालमा बढ्दै गएको हेलिकोप्टर सेवाको माग पूरा गर्न आफ्नो अपरेसनमा अझ बढी ध्यान दिँदै एअरबससँग मिलेर मेन्टिनेन्सको उच्च मापदण्ड कायम राख्ने बताउनुभयो । यस सम्झौताले नेपालमा २० एच१२५ हेलिकोप्टर सञ्चालन गर्दै एअरबसको नेपाली उड्डयनसँगको साझेदारीलाई पनि सशक्त बनाएको छ ।


Facebook Comment


No ads found for this position