कालिञ्चोकमा केबलकार दसैंसम्ममा सञ्चालनमा ल्याउने तयारी

 सुवास योञ्जन ,चरिकोट : दोलखाको प्रमुख धार्मिकस्थल कालिञ्चोकमा निर्माण भइरहेको कालिञ्चोक केबलकार निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको छ । तीव्र गतिमा निर्माण भइरहेको केबलकारको सिभिल संरचना ५० प्रतिशत सम्पन्न भएको र दसैंसम्ममा सञ्चालनमा ल्याउने तयारी भइरहेको सञ्चालक बालकृष्ण शिवाकोटीले जानकारी दिनुभयो । कालिञ्चोक दर्शन लिमिटेडले निर्माण गरिरहेको केबलकारका लागि आवश्यक सामग्री स्विट्जरल्यान्डबाट नेपालमा ल्याइसकेको जानकारी दिनुहुँदै हालसम्म दुईवटा टावर निर्माण सम्पन्न भइसकेको र बाँकी टावरको पनि काम भइरहेको जानकारी दिनुभयो ।

४० करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको केबलकारमा तत्कालका लागि दुईवटा गोण्डुला हुनेछ । गोण्डुलाकाको क्षमता १२ जनाको रहेको र एक दिनमा १२ सय जना व्यक्ति ओसारपसार गरिसक्नेछ । पछिल्लो समय कालिञ्चोक भगवती मन्दिरको दर्शनका लागि भारतीय पर्यटक पनि आउने गरेका छन् । उहाँहरूलाई उकालो चढ्न समस्या हुने भएकोले पनि केही धर्मालम्बी मन्दिरसम्म पुगी बीच बाटोबाटै फर्कंने गरेको स्थानीय व्यवसायीको भनाइ छ । केबलकार निर्माण भएपछि हिड्न नस्कने धार्मीक पर्यटकलाई समेत सहज हुने केबलकार सञ्चालक शिवाकोटीको भनाइ छ । केही दिनअघि मात्र स्वासप्रस्वासका कारण मन्दिरमा पुग्ने वित्तीकै एक बृद्धाको मृत्यु भएको थियो ।

आस्थाको केन्द्रविन्दूको रूपमा रहेको कालिञ्चोकमा कुरीबाट सिधा उकालो बाटो रहेको र हिँडेर जान समस्या हुनेका लागि केबलकार सहज हुने सञ्चालकको भनाइ छ । केबलकारबाट कुरी बजारको मनोरम दृश्य हेर्न पाउनुको साथै हिमालको दृश्यलाई पनि नजिकबाट नियाल्न सकिने भएकाले पनि धेरै धार्मिक पर्यटकलाई सहज हुने सञ्चालक शिवाकोटीले जानकारी दिनुभयो । उहाँले केबलकार निर्माण भएपछि जिल्लामा ठूला लगानीकर्ता पनि भित्रने आशमा आफूहरू रहेको बताउनुभयो । दोलखा सुनखानी घर भएका शिवाकोटी कै पहलमा केबलकार निर्माण भएको हो । सुरुमा राजधानीमा व्यवसाय सञ्चालन गर्दैं आएका शिवाकोटीले हाल दोलखामा पनि व्यवसाय सञ्चालन गर्न लाग्नु भएको हो ।

४० करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको केबलकारमा तत्कालका लागि दुईवटा गोण्डुला हुनेछन् ।

उहाँले जिल्लामा केबलकार, बैंक र प्लाइ उद्योगमा लगानी गर्नुभएको छ । यस्तै सदरमुकाम चरीकोटमै स्टार होटेल सञ्चालनका लागि समेत तयारी गरिरहनुभएको जानकारी दिनुभएको छ । उद्योग तथा कलकारखाना सञ्चालन गर्न उपयुक्त वातावरण रहदा रहँदै पनि ठुला लगानीकर्ता दोलखामा नआएको बताउदै आफूहरूबाटै कामको सुरुवाती गर्न लागिएको बताउनुभयो । उहाँले स्थानीय स्रोतसाधनलाई उपयोग गरी धेरैलाई रोजगारी दिने उद्देश्यका साथ लगानीलाई बढाइएको जानकारी दिनुभयो ।

पूवी पहाडी इलाकामै पहिलो रहेको केबलकारमा दोलखाली उद्योगी व्यवसायीको लगानी छ । पर्यटन विकासको प्रमुख पूर्वधारका रूपमा लिइएको केबलकार सञ्चालनमा आएपछि जिल्लामा एक सय प्रतिशत नै बढी पर्यटक भित्रने विश्वास रहेको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीको भनाइ छ ।


Facebook Comment


No ads found for this position