दार्जिलिङले गुमाउदै छ पर्यटक, होटलहरू हुदैछन् खाली

गएको केही दिनदेखि जारी आन्दोलन र आमहड्ताका कारण दार्जिलिङमा पर्यटक स्वात्तै घटेका छन्। होटल व्यवसायीहरुले आन्दोलनका कारण पर्यटक नै नआएका र अर्कोतर्फ यसअघि होटल बुकिङ गरेर बसेका पर्यटक पनि भ्रमण छोट्याएर हिँडेका छन्।

जारी हड्ताल थप हिंसात्मक हुनसक्ने आशङ्काका कारण यहाँ आएका विदेशी एवम् भारतीय पर्यटकले दार्जिलिङ छोडेका हुन्। आन्दोलनमा आइतबार गोली नै चलेको र ३ जना आन्दोलनकारीको ज्यान गएको थियो।

दार्जिलिङ घुम्न आउने गरेका पर्यटक अहिले आएका छैनन् । उता यसअघि नै आन्दोलन र आम हड्तालकै कारण त्यहाँ रहेका भारतीय र बाह्य पर्यटक पनि भागेका थिए ।

हाल दार्जिलिङमा गोर्खाल्यान्डको आन्दोलन जारी रहेको छ। सो आन्दोलन पछिल्लो समयमा हिंसात्मक बन्दै गएपछि स्थानीयहरुमा मात्र नभएर बाह्य पर्यटकमा पनि त्रास छाएको छ ।

दार्जिलिङका रिसोर्टमा बुकिङ् गरेर बसेका पर्यटकले पनि भ्रमण अवधि छोट्याएर गएको छन्।

दार्जिलिङ्का रिसोर्टहरु विदेशी पर्यटकका लागि निकै लोकप्रिय छन् । होटल बुकिङ गरेका पर्यटक पनि भाग्नुपरेको र पछिल्लो समयमा त पर्यटक नै नआएको होटल व्यवसायीहरु बताउँछन्।

एक जना होटल व्यवसायीले अघिल्लो आइतबार सम्ममा दार्जिलिङबाट कम्तीमा पनि सात हजार पर्यटकले बुकिङ रद्द गराएका र यो क्रम हिजोआज झन बढेको जनाएका छन् । राससरएएफपी


Facebook Comment


No ads found for this position