बाबुरामको आरोप

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले सरकार आफैं राष्ट्रिय गौरवको आयोजना समाप्त पार्ने षडयन्त्रमा लागि परेको आरोप लगाएका छन् ।
बुढिगण्डकी जलविद्युत आयोजनाका बिषयमा आफ्नै पार्टीले राखेको अन्तक्र्रिया कार्यक्रममा उनले सत्तापक्ष र प्रमुख प्रतिपक्ष एमालेले मिलेरै बुढिगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवालाई निर्माण गर्न दिने निर्णय गरेको भन्दै आपत्ति पनि जनाए । राष्ट्रिय गौरवको आयोजना निर्माणको काम विदेशीलाई दिएर सरकारले करोडौं कमिसन लिने गरेको उनले बताए ।कार्यक्रममा सरोकारवालाहरुले राष्ट्रिय गौरवको महत्व वोकेको बुढिगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गरिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय गौरवको आयोजना निर्माणमा विदेशी लगानी भित्र्याउन नहुने उनीहरुको तर्क थियो ।