मतगणना भइरहेका २८ स्थानीय तहः कहाँ कसको अग्रता (सूचीसहित)

२१ असार, काठमाडौं । असार १४ गते निर्वाचन सम्पन्न भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये अब २८ स्थानीय तहको परिणाम आउन बाँकी छ । परिणाम आउन बाँकी रहेका अधिकांश नगरपालिका छन् ।

पहाडका सबै जिल्लामा मतगणना सकिँदा झापा, मोरङ, सुनसरी, उदयपुर, रुपन्देही, कपिलवस्तु, बाँके, दाङ, कैलाली र कञ्चनपुरका २९ ठाउँको परिणाम अाउन बाँकी छ । तीमध्ये धरान उपमहानगरपालिका र झापाको अर्जुनधारा नगरपालिकामा गणना अवरुद्ध भएको छ ।

मतगणना भइरहेका २८ मध्ये १९ स्थानमा एमालेले अग्रता लिएको छ भने कांग्रेसले ३ तथा माओवादी र संघीय समाजवादी फोरमले २ स्थानीय तहमा अग्रता लिइरहेको छ ।

राष्ट्रिय जनता पार्टी आबद्ध स्वतन्त्रले १ स्थानमा अग्रता लिएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवारले धनगढी उपमहानगरपालिकामा अग्रता लिएका छन् ।साभार अनलाइनखबर

एमालेले अग्रता लिएका स्थानीय तह (१९)

प्रदेश नम्बर १ (१३)

विर्तामोड नगरपालिका, झापा
मेचीनगर नगरपालिका, झापा
दमक नगरपालिका, झापा
शिवसाक्षी नगरपालिका, झापा
अर्जुनधारा नगरपालिका, झापा
बुद्धशान्ति नगरपालिका ,झापा
भद्रपुर नगरपालिका, झापा
धनपालथान गाउँपालिका, मोरङ
पथरी शनिस्चरे नगरपालिका, मोरङ
इटहरी उपमहानगरपालिका, सुनसरी
धरान उपमहानगरपालिका, सुनसरी
बराह नगरपालिका, सुनसरी
त्रियुगा नगरपालिका, उदयपुर

प्रदेश नम्बर ५ (४)

सिद्धार्थनगर नगरपालिका, रुपन्देही
बुटवल उपहानगरपालिका, रुपन्देही
तुलसीपुर उपमहानगरपालिका, दाङ
कोहलपुर नगरपालिका, बाँके

प्रदेश नम्बर ७ (२)

कृष्णपुर नगरपालिका, कञ्चनपुर
पुनर्वास नगरपालिका, कञ्चनपुर

कांग्रेसले अग्रता लिएका स्थानीय तह (३)

प्रदेश नम्बर १ (२)

विराटनगर महानगरपालिका, मोरङ
वेलका नगरपालिका, उदयपुर

प्रदेश नम्बर ७

भीमदत्त नगरपालिका, कञ्चनपुर

माओवादीले अग्रता लिएका स्थानीय तह (२)

प्रदेश नम्बर १

रंगेली नगरपालिका, मोरङ

प्रदेश नम्बर ७

बेलौरी नगरपालिका, कञ्चनपुर

संघीय फोरमले अग्रता लिएका स्थानीय तह (२)

प्रदेश नम्बर १

जहदा गाउँपालिका, मोरङ

प्रदेश नम्बर ५

कोटहीमाई गाउँपालिका, रुपन्देही

स्वतन्त्र (राजपा) ले अग्रता लिएका स्थानीय तह

प्रदेश नम्बर ५

लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपन्देही

स्वतन्त्र उम्मेदवारले अग्रता लिएका स्थानीय तह

प्रदेश नम्बर ७

धनगढी उपमहानगरपालिका, कैलाली


Facebook Comment


No ads found for this position