श्री एयरलाइन्सले उडान अनुमति नपाएपछि

उत्तम काप्री काठमाडौं: निजी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जहाज उडाउन नपाउँदा दैनिक तीनवटा जहाज वि श्रामका लागि १४ हजार रुपैयाँ तिर्दै आएको छ । आन्तरिक उडानका लागि भन्दै दुई अर्बभन्दा बढीको लगानीमा एयरलाइन्सले तीनवटा जहाज नेपाल ल्याएको थियो । जहाज ल्याएको दुई महिनाभन्दा बढी भइसकेको छ । तर, एयरलाइन्सले आन्तरिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाउन सकेको छैन ।

अनुमति पाउन नसक्दा एयरलाइन्सका दुईवटा जहाज काठमाडौं र एउटा जहाज नेपालगन्ज विमानस्थलको पार्किङमा थन्किएका छन् ।विमानस्थलको पार्किमा रहेको सीआरजे २०० सिरिजका दुईवटा जहाजले दैनिक आठ हजार र सीआरजे ७०० सिरिजको जहाजले दैनिक ६ हजार वि श्राम शुल्य बुझाउँदै आएको छ ।

अहिलेसम्म श्रीका नयाँ तीनवटा जहाजले वि श्राम शुल्क मात्रै सात लाखको हाराहारीका तिरिसकेको छ । एयरलाइन्सले वैशाखमा दुईवटा र असारमा एउटा गरी तीनवटा जहाज नेपाल भित्र्याएको थियो । एयरलायन्सले वैशाखमा दुईवटा सीआरजे–२०० सिरिजका विमान र एक साता अगाडि मात्रै सीआरजे–७०० ल्याएको हो ।

तीनवटा जहाज भित्र्याएको एयरलाइन्सले सरकारी लापरबाही र ढिला सुस्तीका कारण अझै उडान अनुमति पाउन सकेको छैन । एयरलाइन्सले विमानस्थलदेखि उपत्यकाका विभिन्न स्थानमा आफ्नो टिकट काउन्टरसमेत सञ्चालनमा ल्याइसकेको छ ।

तर, नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न वहानामा एयरलाइन्सलाई उडान अनुमति नदिएको एयरलाइन्स स्रोत बताउँछ । आफूहरूले क्यानेडियन कम्पनी बम्बार्डियरले उत्पादन गरेका सीआरजे सिरिजका जेट विमानबाट नेपालका यात्रुलाई गुणस्तरीय, आरामदायी हवाई सेवा दिने लक्ष्य राखे पनि सरकारी निकायका कारण लगानी नै अन्योलमा रहेको कम्पनीको भनाइ छ ।

बैंकमा १०÷१२ प्रतिशत ब्याज तिरेर गरेको खरिद गरेका जहाज महिनौं ग्राउन्डमै थन्क्याएर राख्नुपरेको स्रोत बताउँछ । प्राधिकरणले अहिले (आईसीपीएम) आईकाओको कोडिनेसन भ्यालिडेसन मिसन नेपाल आएको छ । यो टोली जानसाथ एक सातामा अनुमति दिइने तयारी भएको प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

प्राधिरकरणले आईकाओको नियमसँग आन्तरिक उडानका लागि सिभिल एभिएसनका शर्त पूरा गरेको अवस्थामा उडान अनुमति दिने उहाँले जानकारी दिनुभयो । प्राधिकरणले आन्तरिक उडान अनुमति दिनेका लागि फ्लाइट सेफ्टी स्ट्यान्ड डिपार्ट बनाएको छ ।

सोही डिपार्ट आवश्यक सबै डकुमेन्ट, पाइलट, कर्मचारीलगायतको शर्त पूरागरेको अवस्थामा उडान अनुमति दिने हुँदा प्रक्रियामा केही ढिलाइ भएको श्रेष्ठ बताउनुहुन्छ । अहिले एयरलाइन्सका जहाज मेन एप्रोनभन्दा पनि रिमोट एरियामा पार्किङ गरेर राखिएको छ ।

प्राधिकरणले मागेको सबै डकुमेन्ट पूरा गरेको एयरलाइन्स कम्पनीको दाबी छ । अर्ब रुपैयाँको लगानी भएको छ । तर, प्राधिकरण भने यो भएन त्यो भएन भनेर ढिलाइ मात्रै गरेको एयरलाइन्सको आरोप छ । हेलिकोप्टर सेवाका १७ वर्षको अनुभव रहेको एयरलाइन्सले आन्तरिक उडानका लागि गत साउनमै अनुमति लिएको थियो । तीनवटा विमान भए पनि श्रीले हालसम्म एउटा विमानका लागि मात्र त्रिभुवन विमानस्थललाई आधार बनाएर अनुमति पाएको छ । तर, हेलिकोप्टरको आफ्नै ह्यांगर भएकाले काठमाडौंमै राख्न भने समस्या छैन ।

तीनवटा विमानले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी रूटमा नियमित उडान र काठमाडौंबाट नै माउन्टेन फ्लाइट पनि गर्ने योजना बनाएको छ ।

२४ सिटे एमआई–१७ र एयरबस हेलिकोप्टर्स ‘एएस ३५० बिथ्रिई’ चारवटा छन् । नेपालको सबैभन्दा ठूलो हेलिकोप्टर कम्पनी श्रीले अन्तरिकसँगै अन्तर्राष्ट्रिय (क्षेत्रीय) उडान गर्ने योजना बनाएको छ । ५० सिट क्षमताका दुईवटा सीआरजे–२०० विमान ल्याएको श्रीले पहिलोका लागि ‘९ एन–एमसी’ र दोस्रोका लागि ‘९ एन–एएमए’ नेपाली कलसाइन पाएको छ । श्रीको सीआरजे–७०० विमानलाई प्राधिकरणले ‘९ एन–एमबी’ दर्ता नम्बर दिएको छ ।साभार अन्नपुर्ण


Facebook Comment


No ads found for this position