संसदमा घुसेमा प्रदर्शनकारीले सांसद कुटिएपछि….

२२ असार, काठमाडौं । भेजेनुएलामा सरकार समर्थक प्रदर्शनकारीले संसदमा प्रवेश गरेर आक्रमण गरेका छन् ।विपक्षीको बहुमत भएको नेशनल एलेम्ब्लीमा प्रवेश गरेर प्रदर्शनकारीहरुले आक्रमण गरेका हुन् ।

स्वतन्त्रता दिवसको अवसरमा भएको संसदको विशेष सत्रपछि यो घटना भएको हो  । एपीका अनुसार, लाठी बोकेर पुगेका प्रदर्शनकारीहरुले पटका समेत पड्काएका थिए ।

विपक्षीको समर्थक वेबसाइट ला पटिलाका अनुसार, राजधानी काराकारमा भीडको आक्रमणमा कयौं अधिकारी घाइते भएका छन् । हिंस्रक भिडले नेशनल एसेम्ब्लीमा प्रवेश गरेर थुप्रैलाई कुटपिट गरे । तीन सांसद घाइते भएका छन् ।

विपक्षीका उपनेता अमेरिको डे ग्राजिया पनि घाइते भएका छन् ।

राष्ट्रपति निकोलस मुदुरोले हिंसाको निन्दा गरेका छन् ।पछिल्लो समय भेनेजुएलामा आर्थिक संकट गरिहिँदै गएको छ । विपक्षीले राष्ट्रपतिमाथि अर्थ व्यवस्थामाथि खेलबाड गरेको र लोकतान्त्रिक संस्थालाई कमजोर बनाएको आरोप लगाएका छन् ।

करिव ३ महिनादेखि विरोध प्रदर्शन पनि हुँदै आएको छ, जसमा ९० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।


Facebook Comment


No ads found for this position