तुलसीपुर उपमहानगरपालिकामा एमाले विजयी

काठमाडौं । दाङको तुलसीपुर नगरपालिकाको मेयर र उपमेयर दुवै एमालेले जितेको छ । मेयरमा घनश्याम पाण्डे र उपमेयरमा माया आचार्य विजयी भएका हुन् ।

मेयरमा जित हासिल गरेका घनश्याम पाण्डेले २२८५७ मत ल्याएका छन् । पाण्डेलाई सुरुदेखि नै पछ्याएका कांग्रेसका गेहेन्द्र गिरी १८९०३ मत ल्याएर पराजित भए ।

यहाँ माओवादी केन्द्र तेस्रो स्थानमा सीमित भएको छ । माओवादी केन्द्रका मेयर उम्मेदवारको पक्षमा ८६९३ मत परेको छ ।

एमालेकी माया आचार्य २१०३७ मतका साथ उपमेयरमा विजयी भएकी छन् । कांग्रेसकी देबिका नेपालीलाई २०१८५ मतमा रोक्दै आचार्यले जित सुनिश्चित गराएकी हुन् । माओवादीकी उपमेयर उम्मेदवार सीता ओलीले ९०५१ मत पाइन् ।

योसँगै दाङको सबै स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । एमाले ६ स्थानीय तह जित्दै पहिलो बनेको छ भने ६, कांग्रेसले ३ र माओवादीले १ स्थानीय तह जितेका छन् ।


Facebook Comment


No ads found for this position