फिल्म खेले वापत कति पारिश्रमिक लिन्छन् बलिउड अभिनेता ?

एउटा फिल्ममा अभिनय गरे बापत बलिउड स्टारले कति पारिश्रमिक लिन्छन् होला ? सहजै अनुमान गर्न गाह्रो छ । जब-जब फिल्म हिट हुन्छ, उनीहरुको मूल्य पनि त्यही अनुरुप आकासिन्छ । जस्तो कि, ‘बजीराव मस्तानी’ सुपरहिट भएपछि रणवीर सिंहले आफ्नो पारिश्रमिक तीन गुणा बढाए । त्यसअघि उनले तीन देखि पाँच करोड भारु लिदै आएका थिए । अब उनी भारु दश करोड लिन थालेका छन् ।

वरुण धवन

वरुण धवनको अहिलेसम्म आठ वटा फिल्म प्रदर्शनमा आइसकेको छ । यसमध्ये कुनैपनि फिल्मले घाटा व्यहोर्नु परेन । उनले एउटा फिलमबाट पाँचदेखि सात करोड भारु लिन्थे । तर, ‘बद्रीनाथ की दुल्हनिया’ पछि उनको पारिश्रमिक भारु १० देखि १२ करोड रुपैयाँ भयो ।

रणबीर कपुर

पछिल्लो समय फिल्मी करियर लगातार ओह्रालो लागेपनि रणबीर कपुरको क्रेज घटेको छैन । त्यसो त उनका थुप्रै फिल्म छन्, जसलाई दर्शकले अझैपनि सम्भिmरहेका छन् । रकस्टार, बर्फी, ए जवानी है दिवानी जस्ता फिल्मबाट भिन्न भिन्नै भूमिकामा आफुलाई अब्बल सावित गरेका उनको पारिश्रमिक चर्को छ । उनी एउटा फिल्ममा अभिनय गरे बापत भारु २० देखि २५ करोड रुपैयाँ पारिश्रमिक बुझ्छन् ।

अमिताभ बच्चन

 

भलै उमेरले ७५ बर्षका नजिक पुगिसकेकै किन नहोस्, अमिताभ बच्चनको बलिउडमा दर्बिलो उपस्थिती छ । उनी फिल्ममा आफ्नो भूमिका अनुसार पारिश्रमिक निर्धारण गर्छन् । उनी प्रतिफिल्म भारु १२ देखि १५ करोड रुपैयाँ पारिश्रमिक लिन्छन् ।

 

हृतिक रोशन

 

हृतिक रोशन कम फिल्म खेल्छन् । तर, बिरलै फिल्म छन् असफल भएको । लामो समयदेखि एउटै लयमा बगिरहेका अभिनेता हुन् हृतिक । उनी एउटा फिल्ममा अभिनय गरे बापत भारु ३० देखि ४० करोड रुपैयाँ लिने गर्छन् । कहिले कहिं यो भन्दा बढी पारिश्रमिक पनि माग गर्छन् ।

 

अजय देवगन

अजय देवगनको पनि बलिउडमा छुटै क्रेज छ । उनका समकक्षीहरु लाखापाखा लागेपनि उनी निरन्तर बलिउडमा चम्किरहेका छन् । अजय फिल्मको बजेट अनुसार आफ्नो पारिश्रमिक निर्धारण गर्छन् । उनको पारिश्रमिक भारु ३० देखि ४० करोड रुपैयाँ छ ।

अक्षय कुमार

‘खिलाडी ब्वाई’ अक्षय धेरै फिल्मखेल्नेमा गनिन्छन् । त्यसो त पारिश्रमिक असुल्नेमा पनि उनी निकै अगाडि छन् । अक्षयले एउटा फिल्ममा अभिनय गरे वापत भारु ४० देखि ५० करोड रुपैयाँसम्म लिन्छन् । कहिले कहि फिल्मको मुनाफाको हिस्सा पनि लिन्छन् ।

आमिर खान

आमिर निकै महंगा अभिनेता हुन्, जसको फिल्म प्रदर्शनअघि नै बहुप्रतिक्षित हुनेगर्छ । उनी एउटा फिल्ममा अभिनय गरे वापत पारिश्रमिक मात्र बुझ्दैनन्, त्यसको मुनाफाको भाग पनि खोज्छन् । कतिसम्म भने, ८० प्रतिशतसम्म हिस्सा लिन्छन् । ‘दंगल’ जस्ता फिल्म गरेपछि उनले भारु १ सय ५० करोड रुपैयाँभन्दा बढी कमाई गरे । आमिरलाई थाहा छ कि, उनको फिल्म हिट हुन्छ । त्यही भएर उनी पारिश्रमिकसँग मुनाफाको हिस्सा पनि लिन्छन् । उनले पारिश्रमिक वापत भारु ६० करोडसम्म लिन्छन् ।

शाहरुख खान

विश्वकै सर्वाधिक कमाई गर्नेमध्येका एक अभिनेता हुन् शाहरुख खान । तर, कहिले कहि उनी फिल्म खेल्नुअघि पारिश्रमिकमा वार्गेनिङ गर्दैनन् । खासगरी करण जौहर र आदित्य चोपडाको फिल्म खेल्ने बेला उनले पारिश्रमिकबारे चासो राख्दैनन् । जति दिन्छन्, सहर्ष लिन्छन् । त्यसो त उनी भारु ४५ करोडसम्म लिन्छन् । तर, अधिकांश फिल्ममा उनी लाभको हिस्सा पनि खोज्छन् । आफ्नो फिल्मको मार्केटिङबाट पनि उनी करोडौं कमाउँछन् । कतिपय फिल्ममा उनले सय करोड भारु भन्दा बढी कमाई गरेका छन् ।

सलमान खान

अब कुरा गरौं ‘दबंग ब्वाई’ सलमानको । भलै उनको फिल्मले गतिलो कारोबार नगरेपनि सलमानको क्रेज घट्दैन । उनी फिल्मको कमाईको हिस्सा  लिन्छन् । उनले फिल्मको मुनाफामा ७० देखि ८५ प्रतिशतसम्म आफ्नो भाग खोज्छन् । ‘सुल्तान’मा उनले भारु सय करोड भन्दा बढी कमाइ गरेका थिए । सलमान फिल्मबाट पारिश्रमिक चाहि भारु ६० करोड वा त्यो भन्दा बढी लिने गर्छन् ।


Facebook Comment


No ads found for this position