यात्रुबाहक बस दुर्घटना हुँदा पाँच घाइते

 

भगीरथ अवस्थी बैतडी : महाकाली लोकमार्ग अन्तर्गत बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । काठमाडौंबाट दार्चुलाको गणन्नाका लागि छुटेको उग्रतारा यातायातको बा ३ ख ५१७५ नम्बरको बस सुर्नया ३ धरमघर नजिक शुक्रबार बिहान सवा ३ बजे दुर्घटनामा परेको हो । बस सडकबाट करीब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । घाइते हुनेमा बैतडीको सुर्नया ३ का २४ बर्षीय गाडी चालक रामदत्त भट्ट, डोटी गैराका १८ बर्षीय गाडी स्टाफ लोकेश बोहरा, डडेल्धुरा जोगबुढा २ का गाडी स्टाफ भरत बिष्ट, बैतडी दोगडाकेदार ७ का हरिसिंह कार्की र सोही ठाउँ बस्ने १७ बर्षीय दीपक लुहार रहेका छन् ।

घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक हरिओम खड्काले जानकारी दिनुभएको छ । घाइतेमध्ये एकजनाको टाउकोमा चोट लागेको उहाँले बताउनुभयो । अहिले पाटनमा समान्य उपचार पछि बढी घाइते सबैलाई उपक्षेत्रीय अस्पताल डडेल्धुरामा थप उपचारका लागि रिफर गरिएको छ । बस दुर्घटनाको कारण अहिलेसम्म केही नखुलेको प्रहरीले जनाएको छ । गाडीमा २ जना यात्रु, एक चालक र दुई गाडी स्टाफ गरी ५ जना मात्रै सवार थिए ।


Facebook Comment


No ads found for this position