वेनी–जोमसोम यातायात बन्द

घनश्याम खड्का
असार २३, २०७४- हिमालपारीको जिल्ला मुस्ताङ्गलाई जोड्ने बेनी–जोमसोम सडकमा सोझो सवारी सञ्चालन अवरुद्ध भएको छ । कालीगण्डकी नदीको बहाव तीव्र र ठूलो भएकोले कम्तीमा भदौसम्म सडक खुल्ने सम्भावना छैन । नदी भीरमा ठोक्किएकोले सवारी साधन मात्र होइन पैदल यात्रा समेत रोकिएको छ ।

बेनीदेखि २० किमी उत्तर अन्नपूर्ण गाउँपालिका–६ को भीरकाटे–पोखरे खण्डमा पर्ने टिम्मुरे भीरमा कालीगण्डकी नदीले करिब ५० मिटर सडक बगाएपछि सोझो यातायात बन्द भएको हो । भीरकाटे खण्डमा मात्र होइन अन्य दर्जन बढी स्थानमा पहिरो झरेको छ ।

सडक विभागले सडक रेखदेख गर्न खटाएका सुपरभाइजर इन्द्रसिं शेरचनका अनुसार कालीगण्डकीको उर्लदो भेगमा डोजर गएर तटबन्ध गर्न सक्ने सम्भावना न्यून रहेकोले तत्काल सडक खुल्ने सम्भावना छैन ।

सडक बगाएपछि सवारी साधन मात्र होइन पैदलयात्रुलाई समेत सास्ती भएको छ । यात्रुले करिब एक घन्टा बढी समय हिँडेर टिमेरेभीर उक्लनुपर्ने भएको छ ।

वैकल्पिक सडक नभएकोले तत्कालका लागि मुस्ताङ्ग र म्याग्दीका उत्तरी भेगको अन्नपूर्ण गाउँपालिकामा खाद्यान्नलगायत अत्यावश्यक सामाग्री ढुवानी पनि रोकिएको छ ।

 


Facebook Comment


No ads found for this position