मुगुमा हवाई सेवा अवरुद्ध, यात्रु अलपत्र

राजबहादुर शाही,असार २३, २०७४- पानीका कारण जिल्लाको एक मात्र रारा बिमानस्थलको सेवा ४ दिनदेखि अवरुद्ध हुँदा दर्जनौं यात्रु अलपत्र परेका छन् ।

चार दिनदेखिको लगातार बर्षातका कारण सुर्खेत नेपालगञ्जदेखि जहाज उडान नहुँदा तराई झर्ने यात्रु र नेपालगञ्जदेखि मुगुतर्फ आउने यात्रु बिमानस्थलमै अलपत्र परेका छन् ।

दैनिक ४ देखि ६ भन्दा बढी हवाई उडान हुने रारा बिमानस्थल बर्षाका कारण चार दिनदेखि सुनसान भएको छ । यात्रुहरु एयरपोर्टका होटलमा  बेर्खर्ची भएर बस्न बाध्य भएका छन् ।

बर्षातले हवाई सेवा अबरुद्ध भएको रारा बिमानस्थल हवाई नागरिक उड्ययन कार्यालयले जनाएको छ । जहाज अबरुद्ध हुँदा कोही यात्रुहरु कच्ची सडकमा संचालन हुने गाडी बाट नेपालगञ्ज जान थालेका छन् ।

बिमानस्थलमा यात्रु मात्र नभएर सुर्खेत नेपालगञ्ज उपचारको निम्ति लैजान लागेकम बिरामी पनि अलपत्र परेका छन् । मुगुमा लामो समय पछि ठूला बर्षा सुरु हुँदा जनजीवन प्रभावित बनेको छ ।


Facebook Comment


No ads found for this position