कर्मचारी समायोजन विधेयक संसदमाः ६० हजार कर्मचारीहरुलाई तहमा समायोजन

२६ असार, काठमाडौं । सरकारले हाल केन्द्रको प्रत्यक्ष मातहत रहेका करिब ६० हजारभन्दा बढी कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा समायोजन गर्न विधेयक ल्याएको छ ।

सरकारी सेवामा कार्यरत कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सो विधेयक ल्याइएको हो ।

विधेयक लागू भएपछि केन्द्रमा रहेका ६० हजारभन्दा बढी कर्मचारीहरु प्रदेश र स्थानीय तहमा समायोजन हुने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाको अनुमान रहेको  छ ।


Facebook Comment


No ads found for this position