पोखरा विमानस्थल निर्माणका लागि चिनिया टोली पोखरामा

पोखरा, ३० असार र पोखरा ,क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम गर्न चिनिया टोली पोखरा आएको छ । १५ जनाको टोलीले अहिले विमानस्थलको निर्माणको काम अगाडी बढाएको छ । औपचारी रुपमा भदौको दोस्रो साताबाट काम सुरु गर्ने भए पछि त्यसको तयारीका लागि चिनिया टोलीले अहिले पोखरामा काम गरिरहेको छ ।

मनसुनले असारमा धेरै काम गर्न नसकिने भन्दै चिनिया टोली पछि काम गर्न आउनेहरुलाई बस्नका लागि बासँको निर्माण गरीरहेको विमानस्थलका कामचारीले जानकारी दिएका छन् । शिलन्यास भएको एक वर्षपछि ऋणसम्झौता कार्यन्वयन भए पछि काम थाल्ने थियो ।

पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रदिप अधिकारीका अनुसार विमानस्थल निर्माणको ठेक्का पाएको चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी  सिएएमसी  को टोलीले गेष्ट हाउस तथा खानेपानीको व्यवस्था सुरु गरेको बताए । ‘आफ्नो बस्ने घर र खानेपानी लगायतको काम मनसुन अवधीमा गर्ने र भदौ दोस्रोसाता देखि विमानस्थल निर्माण कार्य सुरु गर्ने छन्,’ अधिकारीले भने ।

विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको निर्माण सम्झौतालाई गत वर्षको मन्त्रीपरिषद् बैठकले अनुमोदन गरेपछि निर्माण गर्न बाटो खुलेको थियो ।

चिनियाँ पक्षसंग स्कु अकाउन्ट खोल्ने विषयमा एकवर्षसम्म पनि सहमती जुट्न सकेको थिएन । नेपाल र चिनियाँपक्षबीच स्कु एकाउन्टमा खोल्न एक महिना अगाडी मात्र सहमती भएको थियो । चिनियाँ पक्षसँग भएको सम्झौता कार्यन्वयका लागि बाटो खुलेको थियो ।

चिनियाँ एक्जिमबैंकले खातानै आफै संचालन गर्ने र आम्दानी खर्च सोही खातामा राख्ने झिक्ने गरी प्रस्ताव गरेपछि समस्या आएको थियो । नेपाल पक्षले सो विषयमा सहमती दिन नसक्ने भएकोले समाधान गर्न आग्रह गर्दै आएको थियो । चार दशक अघि देखि चर्चामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कास्कीको छिन्नेडाँडामा निर्माण हुदै छ । चिनियाँ एक्जिमबैंकसंगको सहुलियतदरको ऋण लिएर नेपाल सरकारले विमानस्थल निर्माण गर्न लागेको हो ।

सरकारले एक्जिमबैंकसंग विमानस्थल निर्माणको कुल लागत २१ करोड ७० लाख डलर अर्थात २१ अर्ब ४७ करोड रुपैयाँ मध्ये एक तिहाई रकममा विना व्याज र बाँकी रकम २ प्रतिशत व्याजदरमा ऋण उपलव्ध गराउने सम्झौता भएको छ ।

निर्माण सुरु भएको चार वर्ष भित्र अर्थात आगामी सन् २०२० भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा विमानस्थलमा क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरका उडान÷अवतरणहरु हुने गरि निर्माण गर्न लागिएको हो । विमानस्थल निर्माणको ठेक्का चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङलाई दिइएको छ ।

एक्जिम बैंकको आर्थिक सहयोगमा यो विमानस्थल निर्माण गर्न चिनियाँ कम्पनीमात्र टेन्डर प्रक्रियामा सहभागी हुन पाउने प्रावधान तोकिएको थियो । यो विमानस्थल निर्माण इन्जियिरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन ९इपीसी० शैलीमा हुदैछ । यो प्रक्रियामा निर्माण कम्पनी आफैंले डिजाइन गरी निर्माण कार्यसमेत सम्पन्न गर्ने प्रावधान छ ।

नयाँ बन्ने विमानस्थलमा बोइङ–७५७, एयरबस–३२०, लगायतका जहाज अवतरण गर्न सक्नेछन । विमानस्थलको २ हजार ५ सय मिटर लम्बाइ र ५० मिटर चौडा धावनमार्ग, एरोब्रिजयुक्त भवन तथा कार्गो भवन निर्माण गरिनेछ । एरोब्रिज र कंक्रिटको धावनमार्ग बनाइने छ । विमानस्थलको लागि अझै ६ सय २९ रोपनी जग्गा अधिग्रहण गनुपर्ने हुन्छ ।


Facebook Comment


No ads found for this position