काठमाण्डाैका खाल्डा पुर्ने जिम्मा तीन सचिवलाई

३ साउन, काठमाडौं । सडकको दुरावस्थाले जोखिम बढ्दै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सडकको खाल्डाखुल्डी पुर्न निर्देशन दिएको भोलिपल्ट प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको निर्देशन लागू गर्न सरकारवाला तीन मन्त्रालयलाई निर्देश गरेको छ ।

प्रधानमन्त्री कार्यालयले संघीय मामिला तथा स्थानीय बिकास सचिव दिनेश थपलिया, भौतिक योजना तथा यातायात सचिव देवेन्द्र कार्की र खानेपानी तथा सरसफाइ सचिव भीमप्रसाद उपाध्यायलाई प्रधानमन्त्रीको निर्देशन लागू गर्न जानकारी गराएको समाचार आजको नागरिक दैनिकमा छ ।

‘१५ दिनभित्रै सडक चिल्लो बनिहाल्छ भन्ने होइन’, नागरिकसँग प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले भने, ‘धेरै हदसम्म अहिलेको भन्दा सुधार हुनेछ ।


Facebook Comment


No ads found for this position