महानगरले बढायो सवारीसाधनमा कर

४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाको महानगर परिषदले कर बढाएको छ भने केही करमा सहुलियत दिएको छ।आर्थिक विधेयक २०७४ पारित गर्दै सवारी साधनमा दोब्बर कर वृद्धि गरेको छ।

इन्जिनबाट चल्ने दुई पांग्रे मोटरसाइकल, स्कुटर, वा यस्तै सवारी साधनको कर बढाएर बार्षिक ४ सय रुपैयाँ पुर्‍याएको छ। यसअघि दुई सय रुपैयाँ थियो ।

कार, जिप, भ्यान वा यस्तै चार पांग्रे सवारी साधनको वार्षिक एक हजार रुपैयाँ पुर्‍याएको छ। गत वर्ष भाडाका सवारीलाई ५०० र प्राइभेटलाई ३ सय रूपैयाँ थियो। ट्याम्पु, ट्याक्टर र यस्तै खालका सवारी साधनको पनि एक हजार पुर्‍याएको छ। गत आर्थिक वर्ष ट्याम्पूको ३ सय, ट्याक्टरको २ सय ५० रुपैयाँ थियो।

मिनी बस, मिनी ट्रक वा यस्तै चारपाङ्ग्रे सवारीको २ हजार रूपैयाँ पुर्‍याएको छ। गत आर्थिक वर्ष ८०० रूपैयाँ थियो। ठूला बस, ट्रक चार पाङ्ग्रे सवारीको ३ हजार रूपैयाँ पुर्‍याएको छ। गत आर्थिक वर्षमा यस्ता सवारीको २ हजार रूपैयाँ थियो।


Facebook Comment


No ads found for this position