मुक्तिनाथ र मानसरोवर तीर्थयात्रीलाई तामिलनाडु सरकारले अनुदान दिने

५ साउन, काठमाडौं । भारतको तामिलनाडु सरकारले मानसरोवर र मुक्तिनाथको तीर्थयात्राका लागि सरकारी अनुदान पाउनेहरुको संख्या दोब्बरले बढाएर १ हजार पुर्‍याएको छ ।

यो बढोत्तरीले चालु आर्थिक वर्षमा सरकारको अतिरिक्त खर्च १ करोड २५ लाख भारु थपिएको छ । ‘यो यात्राका लागि तामिलनाडुका तीर्थयात्रीहरुमा ठूलो आकर्षण देखियो, त्यसैले दायरा फराकिलो बनाएका हौं,’ राज्यसभामा बोल्दै मुख्यमन्त्री के.पलानीस्वामीले भने ।

पूर्व मुख्यमन्त्री स्व. जयललिताले आफ्नो चुनावी अभियानका क्रममा चीनमा रहेको मानसरोवर र नेपालमा रहेको मुक्तिनाथमा तिर्थयात्रामा जानेहरुलाई अनुदान दिने भनेर वाचा गरेकी थिइन् । त्यसै बमोजिम ५ सय तीर्थयात्रीहरुलाई यो अनुदान दिन थालिएको थियो ।

हालसम्म मानसरोवर जाने २ सय ५० र मुक्तिनाथ जाने उत्तिकै संख्यामा तिर्थयात्रीलाई अनुदान वितरण गरिएको छ ।सरकारले मानसरोवर जानेलाई ४० हजार भारु र मुक्तिनाथ जानेलाई १० हजार भारु दिने गरेको छ ।


Facebook Comment


No ads found for this position