Hohensyburg Casino Bonus Codes 2025: Tunica is about 40 miles south of the Memphis, Tennessee, metropolitan area.
  • Uk Slot Machines - Sports fans, rejoice because your casino games have arrived.
  • New Casino Free Bonuses No Deposited: Just make a combination of three or more identical symbols on one active line.
  • The mummy 2024 slot online real money no deposit bonus

    Playtech Roulette Ireland
    When visiting a casino online, mobile players can cut to the chase.
    Casino That Accepts Direct Banking Deposits
    Make sure you read the complete list of pokies available in the promotion at Casumo and that you check out the terms and conditions as well before participating.
    Thats the way it should appear, we believe.

    Shaking tree slot machine

    Lowest Wagering Requirements Casino United Kingdom
    Collect VIP Tickets, the scatter is the symbol.
    The Sun Play Casino Login App
    Jackpot Happy is a good-looking modern online casino that has an aesthetically pleasing blue and amber theme running throughout.
    Neteller Online Casinos Canada

    नेपालको प्रदूषण मापन गर्दै जर्मन जहाज

    छेटु शेर्पा

     काठमाडौं : उच्च तहको वायुमण्डलको प्रदूषण जहाजको सहायताले मापन गर्न बिहीबार बिहान जर्मन जहाज ल्याइएको छ । मेसिनले तल्लो तहसम्मको प्रदूषण मापन गर्ने भएकाले ६० हजार फिटसम्मको प्रदूषण उक्त जहाजबाट मापन सुरु गरिएको वातावरण मान्त्रालयले जनाएको छ ।मन्त्रालय र जर्मनीको विश्वविद्यालयले वायु प्रदूषणको वैज्ञानिक अध्ययन गर्ने जहाज नेपाल ल्याएका हुन् । १७ दिने कार्यक्रम स्वीकृत गरी जहाज नेपाल भित्र्याइएको छ ।

    नेपालमा वायु प्रदूषण विश्वमै उच्च भएको सरकारी तथ्यांकले देखाएका छन् । पछिल्ला दिनमा राष्ट्रिय मापदण्डभन्दा दोब्बर धूलो उड्ने गरेको मन्त्रालयले राखेको प्यारोमिटरले देखाएको छ । प्रदूषण नियन्त्रणका लागि यसको अवस्था थाहा पाउन जहाजबाट उच्च तहमा मापन गर्न सुरु गरिएको मन्त्रालयका सूचना अधिकारी रामप्रसाद लम्सालले जानकारी दिनुभयो । कणको आकार पीएम १, २.५ र १० भएको धूलो काठमाडाौं उपत्यका, तराई क्षेत्र र मुख्य सहरमा बढी उड्ने गर्दा वायुमण्डल प्रदूषित भएकाले मापन गर्न जहाज ल्याइएको लम्सालले जानकारी दिनुभयो ।

    तल्लो तहको प्रदूषण मेसिनको सिस्टमले नाप्न सक्ने तर मथिल्लो तहको लेयरलाई नाप्न नसक्ने भएकाले एम ५५ जिओफिसिका नामको जर्मन जहाज बिहीबार बिहान नेपाल भित्र्याइएको हो । धूलोमापक यात्रले नाप्न नसक्नेभन्दा माथि ६० हजार फिटसम्मको वायुमण्डललाई जहाजको सहायताले मापन गरिनेछ । जहाजबाट नेपालभरका वायुमण्डलको मापन गरिनेछ ।

    जर्मन जहाजबाट ६० हजार फिटसम्मको प्रदूषण मापन गर्न सकिने ।

    अव्यवस्थित उद्योग, कलकारखाना, सवारीसाधन सञ्चालन, क्षतिग्रस्त भौतिक संरचना र सडक मर्मतले गर्दा वायु प्रदूषण उच्च बिन्दुमा पुगेको निष्कर्ष अनुगमनकर्ताको छ । सरकारी तथ्यांकलाई आधार मान्दा काठमाडौं उपत्यकामा २४ सै घन्टा सास फेर्नलायक हावा पाइँदैन ।

    बर्खा भएकाले केही मात्रामा धूलो, धूवाँको मात्रामा कमी आएको वातवारण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेल बताउनुहुन्छ । ‘संरचना र प्रविधिमा सुधारभन्दा पनि पानीका कारण प्रदूषण कम भएको हो तर विभागले अनुगमन गरी बुझाएको प्रतिवेदनअनुसारको काम भने हुन सकेको छैन’, उहाँ भन्नुहुन्छ ।

    १२ बुँदे प्रस्तावसहित राष्ट्रिय योजना आयोगलाई सरकारी अनुगमन समितिले प्रतिवेदन बुझाएको छ । फोहोर बाहिर जलाउन नहुने, ट्राफिक जाम कम गर्न जक्सन निर्माण गर्नुपर्ने, धूलो नियन्त्रणका लागि पानी छर्कनुपर्ने, समयसीमा तोकेर खनिएका सडक तत्काल कालोपत्रे गर्नुपर्ने, सडक पुर्नुपर्ने, गाडीको रुट पास, ग्रिन स्टिकर प्रक्रियालाई थप वैज्ञानिक बनाउनुपर्ने, सडकको क्षमताअनुसार गाडीलाई अनुमति दिनुपर्ने, विद्युतीय, हाइब्रिड र ब्याट्रीबाट चल्ने गाडीलाई प्रोत्साहन गर्नुपर्ने, विद्यालय र कार्यालयका गाडीलाई समय र रुट तोकी व्यवस्थित गर्न समितिले सिफारिस गरेको पौडेलको भनाइ छ ।

    धूलोको राष्ट्रिय मापदण्ड २४ घन्टाका लागि पीएम १० को एक सय २०, पीएम २.५ को ४० राखेको छ । युरोपमा भने पीएम २.५ को २५, पीएम १० को ५० माइक्रोग्राम मिटरक्यु राखिएको छ । यो नेपालको राष्ट्रिय मापदण्डभन्दा दोब्बरले कम हो । नेपालमा राष्ट्रिय मापदण्डभन्दा दोब्बरले बढी धूलो उड्ने गरेको तथ्यांक छ ।

    जर्मन जहाज दुई महिना नेपालमा रहनेछ । नेपालमा नियमित उडान गर्ने १४ देशका विमानभन्दा फरक क्षमताको यो जर्मन एम ५५ जीओफसी । वायु प्रदूषणको अवस्थालाई दुरुस्त मापन गर्न विश्वले यो जहाजको प्रयोग गर्दै आएको छ ।

    संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वातवरणमैत्री स्थानीय शासन ऐन पारित गरी भौतिक निर्माण गर्दा वातावरणको संरक्षण गर्ने, स्वच्छ वातावरण कायम गर्न आवश्यक व्यवस्था गर्नेजस्ता प्रावधान उल्लेख गरेको छ । वातावरण संरक्षण ऐन २०५३ र वातावरण संरक्षण नियमावली २०५४ ले स्वच्छ वातावरण कायम राख्नुपर्ने भने पनि यो हुन सकेको छैन ।साभार अन्नपुर्णा


    Facebook Comment


    No ads found for this position