यती एयरलाइन्समा यात्रा गरे चन्द्रागिरिमा २०% सम्म छुट

काठमाडौं। चन्द्रागिरि हिल्स लिमिटेड र यती एयरलाइन्सबीच सेवाग्राहीलाई छुट लिने दिने विषयमा सम्झौता भएको छ । सम्झौता अनुसार यती एयरलाइन्स मार्फत हवाइयात्रा गर्ने यात्रुहरुले बोर्डिङ्ग पासका आधारमा चन्द्रागिरि केबलकारको टिकटमा २० प्रतिशत छुट पाउनेछन्।

यसैगरी चन्द्रागिरि केबलकारको टिकटका आधारमा यती एयरलाइन्सको टिकटमा ११ देखि २० प्रतिशतसम्म छुट पाउने व्यवस्था मिलाइएको सम्झौतापछि जारी प्रेस बिज्ञप्तीमा जनाइएको छ ।

सम्झौतापत्रमा चन्द्रागिरि हिल्स लिमिटेडको तर्फबाट महाप्रबन्धक अभिषेकविक्रम शाह र यती एयरलाइन्स डोमेस्टिककातर्फबाट प्रविना केसीले हस्ताक्षर गरे। छुट योजना यहि साउन १ गतेदेखि आगामी वर्षको असार मसान्तसम्म लागु हुने बिज्ञप्तीमा उल्लेख छ ।

चन्द्रागिरि हिल्स लिमिटेडले ल्याउने सेवाग्राहीमुखी प्रर्बद्धनात्मक कार्यक्रम र यती एयरलाइन्सले ल्याउनेदशैं तिहारको टिकट शुल्कमा भने यो योजना लागु नहुने कम्पनीले जनाएको छ।


Facebook Comment


No ads found for this position