दर्जनौ पहिरो पन्छाउदै खुल्यो कर्णाली राजमार्ग

  डिबी बुढा जुम्ला – अविरल वर्षासंगै गएको पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग तीन दिन पछि खुलेको छ । राजमार्गको कालिकोट खण्डको एसमोडदेखि दैलेख खण्डको दहिखोला सम्मको  दर्जनौ स्थानमा साना तथा ठूला प्रकृतिको पहिरो गएको थियो ।

पहिरोले सडक अवरुद्ध भएपछि सुर्खेत नेपालगञ्जदेखि कर्णालीमा आउने र कर्णालीबाट सुर्खेत नेपालगञ्जसम्म छुटेका मालवहाक तथा यात्रु वहाक सवारीसाधन रोकिएका थिए । यात्रु तथा कर्णालीका लागि आउने उपभोग्य तथा तरकारी जन्य वस्तु अलपत्र परेको थियो ।

यात्रु दुई घण्टा हिडेर अर्को सवारी साधन चढेर यात्रा गर्न विवश थिए । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरिक्षक योगेन्द्र कुमार खड्काका अनुसार दिउँसो १ बजे देखि कर्णाली राजमार्ग सञ्चालनमा आएको थियो । सवारी सञ्चालनमा आएसँगै अलपत्र सवै यात्रु र सवारी साधन आ–आफ्नो गन्तव्य तिर लागेका छन् । सडक डिभिजन कार्यालय कर्णाली र डिभिजन कार्यालय सुर्खेतको पहलमा सडक खुलेको हो । सवारी आवागमन ठप्प हुँदा दुई घण्टा सम्म यात्रु हिड्दै आएका थिए । कर्णाली राजमार्ग पहिराले रोकिएपछि जहाजमा जाने यात्रुको संख्यामा वृद्धि भएको थियो ।

सडक डिभिजन कार्यालय कर्णालीका प्रमुख अंगलाल रोकायाले साना सवारी मंगलबार नै सञ्चालनमा आएपनि ठूला सवारी आजदेखि मात्रै सञ्चालनमा आएका हुन् । प्रमुख रोकायाले भने, सवै भन्दा ठूलो पहिरो एसमोडामा गएको थियो । सडक नै बगाएर लिएपछि बनाउन समय लागेको हो । सडक माथिबाट आउने पहिरो सहजै रुपमा पन्छाएको उनको भनाई छ । एसमोड सवै भन्दा जोखिम क्षेत्र मानिदै आएको छ । प्रत्येक दिन १६ घण्टासम्म सडक कामदारले काम गरेपछि यातायात सेवा सञ्चालनमा आएको हो ।

कमजोर भूभाग भएकोले सबै भन्दा ठूलो पहिरो गएको हो । वर्षेनी राजमार्गको कालिकोट खण्ड अन्र्तगतको राचुँली, खल्लागाड र टाकुल्ला क्षेत्रमा पहिरो जान्थ्यो, यो पटक नयाँ क्षेत्रमा ठूलो पहिरो गएकोले पन्छाउन समय लागेको हो । यात्रुहरूले कर्णाली राजमार्गलाई फराकिलो बनाउन र पहिरो जाने संभावित क्षेत्रमा पूर्व तयारीका क्रियाकलाप गर्न माग गरेका छन । राजमार्गमा प्राय वर्षायाममा पहिरो जानाले सडक अवरुद्ध हुने भएकोले डोजर, कामदार र स्काभेटर तयारी हालतमा राख्नको लागि आग्रह गरिएको छ । कर्णालीवासीले राजमार्ग अवरुद्ध नभएको महसुस गरुन भन्नको लागि सवै सरोकारवाला संवेदनशील भएर लाग्नु पर्ने उनीहरुले जोड दिएका छन ।


Facebook Comment


No ads found for this position