माउण्ट कैलाश रिसोर्टलाइ अर्को अन्तराष्ट्रिय अर्वाड

पोखरा, १४ साउन रपोखराको लेकसाईडमा सञ्चालीत माउण्ट कैलाश रिसोर्टले अर्को अन्तराष्ट्रिय अर्वाड प्राप्त गरेको छ । द विज नामक ब्यापारको विश्व संगठन मार्फत बिहीबार अमेरिकाको भर्जिन आईल्याण्डमा माउण्ट कैलाश रिसोर्टलाई मार्केटिङ म्यानेजमेन्टमा उत्कृष्टताको अवार्ड प्रदान गरिएको हो ।

रिसोर्टका अध्यक्ष नरेश भट्टराइले अवार्ड ग्रहण गरेका हुन् । यो विश्वको सबैभन्दा महत्वपूर्ण ब्यापार पुरस्कार मानिन्छ । विश्वका सबैभन्दा उल्लेखनिय कम्पनीहरु आबद्ध यस संगठन मार्फत ब्यापार उत्कृष्टता पहिचान गर्न सिर्जना गरिएको पुरस्कार यो बर्ष माउन्ट कैलाश रिसोर्टले प्राप्त गरेको हो ।

अवार्ड ग्रहण गर्दै माउण्ट कैलाश रिसोर्टका अध्यक्ष नरेश भट्टरार्इले खुसी व्यक्त गरे । माउण्ट कैलाश रिसोर्टले यसअघि गत पुसमा यूरोप बिजनेश एसेम्ब्लीद्धारा प्रदान गरिने दुई वटा अवार्ड प्राप्त गरेको थियो । बेलायतको अक्सफोर्ड अन्तर्गतको यूरोप बिजनेश एसेम्ब्ली ईबीए ले ‘म्यानेजर अफ दि इयर’ को मेडल सहित ‘बेष्ट इन्टरप्राइज अवार्ड ’ प्रदान गरेको रिसोर्टलाई गत कार्तिक १ गते विजनेश एनिसिएटिभ डिरेक्सन्स बिआईडी अन्तराष्ट्रिय संस्थाले ‘वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’ प्रदान गरेको थियो । १० महिनाको विचमा माउण्ट कैलाश रिसोर्टले चौथो अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेको हो ।

द विज मार्फत अमेरिकामा आयोजित कार्यक्रममा मार्केटिङ म्यानेजमेन्टमा उत्कृष्टताको अवार्ड प्राप्त गरेपछि रिसोर्टका अध्यक्ष भट्टराईले रिसोर्टलाई यो अबस्था सम्म ल्याउने सबैप्रति अभार ब्यक्त गरे । उनले आगामी दिनमा रिसोर्टको सेवा सुविधामा गुणस्तर बृद्धी गर्दै अन्तराष्ट्रिय बजारमा पनि उत्कष्ट रिसोर्टका रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए #


Facebook Comment


No ads found for this position