चन्द्रागिरि भ्रमणमा जापानीज संसदीय टोली

काठमाडौ । जापानीज संसदका सदस्यद्धय हिन्को ताकासी र यूको नाकागोवा र नेपालका लागि जापानका राजदुत मसाशी ओगावा लगायतको समूहले आज चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । भ्रमणमा आएको समूहलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महा–प्रबन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजना स्थलगत भ्रमण गराएका थिए ।

भ्रमणमा आएको जापानीज टीमले परियोजनाको प्रशंसा गर्दै चन्द्रागिरिको चुचुरोबाट देखिने हिमाल, पहाड र मन्दिर लगायतका दृश्यले रमाइलो अनूभुती गराएको उल्लेख गरे । चन्द्रागिरिमा बन्दै गरेको रिसोर्ट र अन्य पूर्वाधारहरुले चन्द्रागिरि विश्वका पर्यटकहरुको गन्तव्य बन्नेमा विश्वास व्यक्त गर्दै जापानीज जनताको तर्फबाट परियोजना सफलताको शुभकामना व्यक्त गरे । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।


Facebook Comment


No ads found for this position