सगरमाथा बेस क्यामको रुटमा १३ वटा हिमालयन चेन रिसोर्ट

काठमाडौं, सगरमाथा बेस क्यामको रुटमा १३ वटा हिमालयन चेन रिसोर्टु बन्ने भएको छ। एसियन ट्रेकिङको मुख्य लगानीको रिसोर्टमा विश्व बैंकले समेत लगानी गरेको छ।

सगरमाथा बेस क्याम रुटमा आधुनिक होटलको अभाव हटाउने उद्देश्यका साथ एक अर्ब रुपैयाँ लगानीमा सो क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको हिमालयन चेन रिसोर्ट निर्माण अघि बढेको छ। मुख्य लगानीकर्ता एसियन ट्रेकिङले ६० प्रतिशत र विश्व बैंकले ४० प्रतिशत लगानी गर्ने सम्झौता भएको छ।

नेपाल पर्वतारोहण संघका अध्यक्षसमेत रहेका एसियन ट्रेकिङका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाले सोलुखम्बुको फाग्दिम, खुम्जुङ, लबुचे र गोक्योमा निर्माण सम्पन्न भइसकेको बताए। विश्वका हरेक पर्यटक सगरमाथा देख्न चाहन्छन्। सगरमाथा जाने रुटमा होटल सञ्चालन नभएको होइन तर व्यवस्थित र आधुनिक होटलको परिकल्पना सहित रिसोर्टको प्राजेक्ट अघि सारिएको हो, उनले भने, ठूलो लगानी भएको कारण विश्व बैंकसँग सहकार्य गरेका छौं। यो तीन चरणमा निर्माण सम्पन्न गर्ने योजना छ।

उनका अनुसार सोलुखम्बुको फाग्दिम, नाम्चे, खुम्जुङ पाङबुचे, धिङबुचे, लबुचे, गोक्यो, फाङ, मछाङ्मो, धोले र अन्य तीन ठाउँ गरी १३ ठाउँमा रिसोर्ट निर्माण हुनेछ।

एसियन ट्रेकिङका प्रबन्ध निर्देशक शेर्पाले अबको सात वर्षभित्र सबै रिसोर्ट निर्माण कार्य सक्ने उनले जानकारी दिए।

सगरमाथा बेसक्यामको रुटमा अन्तर्राष्ट्रिय स्तरको १३ वटा रिसोर्ट निर्माण भएपछि १५ सय पर्यटकले बास पाउने छन्। साथै, सात सय कर्मचारीले रिसोर्टमा रोजगारी पाउने एसिएन टे्रकिङले जनाएको छ।

हिमाल आरोहणको सिजनमा सगरमाथा क्षेत्रमा पर्यटकले बास पाउँदैन। बास नपाएपछि धेरै पर्यटक अलपत्र हुने गरेका छन्उ नले भने, रिसोर्ट बनेपछि बासस्थान अभावको सहजै व्यवस्थापन हुन्छ।

अन्तर्राष्ट्रिय मापदण्डको रिसोर्ट निर्माणका लागि हिमालय क्षेत्रमा सहज भने नभएको शेर्पाको भनाइ छ। ुकाठमाडौंमा एक बोरा सिमेन्टको नौ सय रुपैयाँ पर्छ। त्यही सिमेन्ट खुम्जुङ पुग्दा ११ हजार रुपैयाँ पर्छ। उनले भने, यसकारण पनि लागतको भोलुम ठूलो भएको हो।

विश्वको सर्वोच्च शिखर सगरमाथा आसपासमा पर्यटकलाई सेवा दिने दुई सयभन्दा बढी होटल छन्। यस क्षेत्रका होटल व्यापारिक दृष्टिकोणले ६ महिनामात्रै चल्छन्।

खुम्बु क्षेत्रका चौरीखर्क, नाम्चे, खुम्जुङजस्ता ट्रेकिङ रुटमा पनि पर्यटकीय होटल सञ्चालनमा छन्। चौरीखर्कमा एक सय ७५, नाम्चेका एक सय १० र खुम्जुङमा ७४ होटल, लज तथा अन्य पसल सञ्चालनमा छन्। नागरिक


Facebook Comment


No ads found for this position